प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश परिमार्जन

११ पुस, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश परिमार्जन गरेको छ । २९ कात्तिकमा बसेको सञ्चालक समितिको बैंठकले पाँच प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल बीमा प्राधिकरणले लाभांशमा लाग्ने कर प्रयोजनको लागि मात्रै नगद लाभांश वितरण गर्नुपर्ने सर्त राखेकोले लाभांश परिमार्जन भएको कम्पनीले जनाएको छ । कम्पनीले प्रस्तावित […]

सम्बन्धित सामग्री

नेप्से २७०० विन्दुमा, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

फागुन २, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक शून्य दशमलव शून्य ८ बिन्दुले बढेको छ ।  यो दिन नेप्से परिसूचक २  हजार ७०० दशमलव ९८ बिन्दुमा कायम भएको हो । यो दिन कारोबारमा आएका २२७  ओटा धितोपत्रको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर ४९ हजार ८८२ पटकमा रू. ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ दशमलव शून्य ७ मा खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६५ कायम भएको छ ।  त्यसैगरी यो दिन दोस्रोमा सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ४ दशमलव ७२ प्रतिशतले वृद्धि भएर रू. १ हजार ८८५ पुगेको छ । त्यसैगरी यो दिन सबैभन्दा बढी शेयरमूल्य घट्नेमा मैलुङखोला जलविद्युत् कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ८५ प्रतिशतले घटेको हो । उक्त  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५७५ मा झरेको हो ।  त्यसैगरी शेयरमूल्य घट्ने दोस्रोमा प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीको शेयरमूल्य २ दशमलव ४९ प्रतिशतले घटेर रू. ९३९ कायम भएको छ । त्यसैगरी सोमवार सर्वाधिक शेयर खरीदविक्री भने नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू.५४ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४३१ दशमलव ७० कायम भएको छ । कम्पनीले बोनस र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  कम्पनीले  गत  आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५२५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ९७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  त्यस्तै कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री हुनेमा दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । उक्त कम्पनीको रू. १७ करोड ७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका १३ ओटा समूहमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशलमव १९ प्रतिशत,व्यापार समूहको १ दशमलव ३४ प्रतिशत,निर्जीवन बीमा समूहको शुन्य दशमलव १२ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शुन्य दशमलव ५१ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २६ प्रतिशतका दरले घटेको छ भने लगानी समूहको भने परिसूचक स्थिर रहेको छ ।  समूहगत परिसूचक बढ्ेनमा होटल एण्ड टुरिजम समूहको रहेको छ । उक्त समूहको परिसूचक शून्य दशमलव ६१ प्रतिशतले बढेको छ ।  यसैगरी विकास बैंक समूहको शून्य दशमलव ३५ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव १७ प्रतिशत,अन्य समूहको शून्य दशमलव शून्य १ प्रतिशत,लघुवित्त समूहको शून्य दशमलव २६ प्रतिशत र जीबन बीमा समूहको शून्य दशमलव ३५ प्रतिशतका दरले वृद्धि भएको छ ।  आइतवार ब्याजदर वृद्धिको प्रभावले शेयर बजार १०० अंकले घटेको थियो । सोही घटेको बजारमा सोमवार केहिसमय खरीदकर्ता आकर्षित भए थिए भने अन्तिम अवधिमा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको देखिए । सोही कारण नेप्से परिसूचक स्थिर भएर बन्द भएको छ ।

एशियन लाइफसहित तीन कम्पनीको साधारण सभा शुक्रवार हुँदै

माघ १९, काठमाडौं । तीन ओटा कम्पनीले शुक्रवार साधारण सभा आयोजना गरेका छन् । एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरले साधारण सभा आयोजना गरेका हुन् ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा शुक्रवार कम्पनीको प्रधान कार्यालय मैतिदेबीमा गर्ने जानकारी गराएको हो । सभाले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, प्रिमियर इन्स्योरेन्स कम्पनीले शुक्रवार प्रिमियर भवन काठमाडौंमा बिहान ११ बजे साधारण सभा शुरु गर्ने जानकारी गराएको हो । सभाले १४ दशलमव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्राप्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ ५ गतेदेखि २१ गतेसम्म जानकारी गराएको छ ।  यस आधारमा माघ ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले शुक्रवार आम्रपाली ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखोपरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ५ गते देखि २१ गतेसम्म शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा माघ ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।  कोरोना संक्रमणका कारण साधारण सभा यी तिनै कम्पनीले भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएका छन् ।

पुस मसान्त नजिकिन लाग्दा दुई ओटा निर्जीवन बीमा कम्पनीले मात्र घोषणा गरे लाभांश

पुस २३, काठमाडौं । पुस मसान्त नजिकिन लाग्दा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीमध्ये दुई ओटा कम्पनीले मात्र लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट यसवर्ष शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  त्यसैगरी, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा गत वर्ष भन्दा यस वर्ष बोनस शेयर बढेको छ ।  यी दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हलसम्ममा यी दुवै कम्पनीले साधारण सभा बोलाएका छैनन् ।  सानिमा जनरल इन्स्योरेन्स कम्पनीले भने पुस ३० गते साधारण सभा आयोजना गरेको छ ।  सभा पुस ३० गते स्मार्ट क्याफे ब्याक्वेट धुम्बाराही चोक काठमाडौंमा साधारण सभा आयोजना गरेको छ । गत आवको मुनाफा कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनी ऐन अनुसार आर्थिक शुरु भएको ६ महीना भित्र अर्थात् पुस मसान्त सम्ममा साधारण सभा गरिसक्नु पर्ने व्यवस्था रहेको छ । समयमै साधारण सभा गर्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनी मात्र देखिन्छ ।  बीमा समितिले आव २०७४/७५ देखि कम्पनीहरुलाई अनिवार्य रुपमा एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको थियो । सोही नयाँ स्वरुपमा वित्तीय विवरण तयार पार्दा समय लाग्ने भएकाले साधारण सभा गर्न ढिलाई भएको हो ।  एनएफआरएस प्रणाली लागू भएसँगै राष्ट्रिय बीमा कम्पनीबाहेक बाँकी निर्जीवन बीमा कम्पनीले अघिल्लो आवको साधारण सभा सम्पन्न गरिसकेका छन् ।

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर खरीदका लागि बोलकबोल गर्ने आज अन्तिम दिन

साउन २२, काठमाडौं । साउन १४ गतेदेखि लिलामीमा आएको प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने साउन आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर साउन २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा विक्री खुला गरेको हो ।  कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरीद गर्न सक्ने गरी उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो । प्रतिशेयर न्यूनतम मूल्य रू. ५०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको बोलपत्र स्वतः रद्द हुने कम्पनीले जानकारी दिएको छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्न सकिने व्यवस्था छ । यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन १४ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीले गराएको छ ।  शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।