पुस मसान्त नजिकिन लाग्दा दुई ओटा निर्जीवन बीमा कम्पनीले मात्र घोषणा गरे लाभांश

पुस २३, काठमाडौं । पुस मसान्त नजिकिन लाग्दा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीमध्ये दुई ओटा कम्पनीले मात्र लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट यसवर्ष शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  त्यसैगरी, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा गत वर्ष भन्दा यस वर्ष बोनस शेयर बढेको छ ।  यी दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हलसम्ममा यी दुवै कम्पनीले साधारण सभा बोलाएका छैनन् ।  सानिमा जनरल इन्स्योरेन्स कम्पनीले भने पुस ३० गते साधारण सभा आयोजना गरेको छ ।  सभा पुस ३० गते स्मार्ट क्याफे ब्याक्वेट धुम्बाराही चोक काठमाडौंमा साधारण सभा आयोजना गरेको छ । गत आवको मुनाफा कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनी ऐन अनुसार आर्थिक शुरु भएको ६ महीना भित्र अर्थात् पुस मसान्त सम्ममा साधारण सभा गरिसक्नु पर्ने व्यवस्था रहेको छ । समयमै साधारण सभा गर्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनी मात्र देखिन्छ ।  बीमा समितिले आव २०७४/७५ देखि कम्पनीहरुलाई अनिवार्य रुपमा एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको थियो । सोही नयाँ स्वरुपमा वित्तीय विवरण तयार पार्दा समय लाग्ने भएकाले साधारण सभा गर्न ढिलाई भएको हो ।  एनएफआरएस प्रणाली लागू भएसँगै राष्ट्रिय बीमा कम्पनीबाहेक बाँकी निर्जीवन बीमा कम्पनीले अघिल्लो आवको साधारण सभा सम्पन्न गरिसकेका छन् । 

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनी : कुनले कति दिँदैछन् लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म पाँच ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिने भएका छन् । नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन लागेका हुन्, जसमध्ये नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् ।  कुनले कति दिँदैछन् ? नेपाल इन्स्योरेन्सले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ५२६३ प्रतिशत नगद लाभांश, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (करसहित), युनाइटेड अजोड इन्स्योरेन्सले १० दशमलव २६१२ प्रतिशत र कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश र एनएलजी इन्स्योरेन्सले ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।   सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रस्तावित लाभांश पारितका लागि फागुन ३० गते साधारण सभा बोलाएको छ । गत आवको मुनाफाबाट यस कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  निर्जीवन बीमा कम्पनीमध्ये चार ओटाले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्, जसमा नेको इन्सुरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्स छन् ।   प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म लाभांश वितरणसम्बन्धी निर्णय गरेका छैनन् ।

निर्जीवन बीमा कम्पनी कुनले कति कमाए ?

काठमाडौं– निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क […]

सेयर बजार ७९ अंकले घट्दा एउटा कम्पनीमा भने सकारात्मक सर्किट

निर्जीवन बीमा कम्पनी समूह ५ सय ४५ अंक, जीवन बीमा ४ सय २५, विकास बैंक २ सय ११, माइक्रोफाइनान्स १ सय ८७ अंकले ओरालो लागेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको नाफा घट्यो

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा घटेको छ । विशेषगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल नाफा घटेको हो ।उनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल नाफा २ दशमलव १५ प्रतिशतले घटेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा भारतीय स्वामित्वका नेशनल र दि ओरियन्टल इन्स्योरेन्सले अभैm पनि यस्तो विवरण सार्वजनिक गरेका छैनन् । साथै, उनीहरू नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत

११ प्रतिशतले बढ्यो निर्जीवन बीमा

काठमाडौं, भदौ २३ । नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब ३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका […]

निर्जीवन बीमा ११ प्रतिशतले बढ्यो

नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब रू. ३ अर्ब बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो ।हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका कम्पनीले साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । साउनमा निर्जीवन बीमा कम्पनीहरूले २ लाख ४१ हजार ८३७ ओटा बीमालेख जारी गरेका छन् ।समीक्षा अवधिमा निर्जीव

निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा चार सय ६२ करोड

काठमाडौं, भदौ ८। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा चार अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् । बीमा कम्पनीहरूले हालै […]