उद्योगी व्यवसायीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर आफ्ना समस्या सुनाएका छन् । उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले मन्त्री बडूलाई छुट्टाछुट्टै भेटेर निजी क्षेत्रका समस्याबारे अवगत गराएका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तरलता अभाव र चर्को व्याजदरले उद्योग व्यवसाय सञ्चालनमा सकस परेको गुनासाे गरेको छ ।