मुद्रा बजारको ब्याजदर : लघुवित्तको १५, सहकारीको १६ तर वाणिज्य बैंकको १८ प्रतिशत !

नेपाली मुद्रा बजारलाई जति तरलता अभावले पिरोलेको छ, त्यो भन्दा बढ्ता यतिखेर बैंकको ब्याजदरले पिरोल्न थालेको छ । उच्च ब्याजदरकै कारण उद्योगी व्यवसायीहरु बैंकविरुद्ध सडक आन्दोलनमा छन् । लगानी योग्य रकमको अभावका बाबजुद सबैजसो आर्थिक क्षेत्र प्रायः शिथिल अवस्थामा रहँदा प्यानिक हुन पुगेका व्यवसायीहरुले संकटबीच बैंकहरुले मात्र नाफा खोजेको आरोप लगाइरहेका छन् । तर, यता बैंकहरुले तरलता अभावलाई नै देखाउँदै निक्षेप आकर्षण गर्नेगरी ब्याजदर वृद्धि गरिरहेका छन् । निक्षेपमै १३–१४ प्रतिशत ब्याजदर अफर गरिरह

सम्बन्धित सामग्री

माघमा ब्याजदर घटाउँदै वाणिज्य बैंक

काठमाडौँ– वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि  एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती […]

ब्याजदर घटाउँदै वाणिज्य बैंक

वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा […]

ब्याजदर घटाउँदै वाणिज्य बैंक

काठमाडौँ । वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि बैंकहरूले एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको सङ्घले जनाएको छ ।

ब्याजदर घटाउँदै वाणिज्य बैंक

काठमाडाैँ- वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन्। बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि बैंकहरूले एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको सङ्घले जनाएको छ। हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३३ प्रतिशत ब्याज तोकेका छन्। रेमिट्यान्स मुद्दति खातामा […]

बैंक तथा वित्तीय संस्थाले निक्षेपकाे ब्याजदर नबढाउने

ब्याजदर बढाएकै कारण बैंकमा निक्षेप नआउने निष्कर्षका आधारमा बैंक तथा वित्तीय संस्थाले साउनमा पनि पुरानै ब्याजदर प्रकाशित गर्ने निर्णय वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका छाता संगठनहरूले गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनी बिच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड बिच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात दुईवर्ष सेवाअवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६।९७ प्रतिशत रहेको छ । सम्झौता अनुसार पुनर्बीमा कम्पनीको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित भई पुनर्बीमाका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले दुई संस्थाबिचको सम्बन्धलाई व्यवहारीक र बस्तुपरक बनाउदै लैजाने बताए ।  देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

चैतमा वाणिज्य बैंकको ब्याजदर नबढ्ने

फागुन २९, काठमाडौं । आउँदो चैत महीनामा वाणिज्य बैंकहरूको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघ र वाणिज्य बैंकहरू बीच भएको सहमतिअनुसार चैतमा फागुनकै ब्याजदर लागू हुने भएको हो ।   वाणिज्य बैंक र संघको सहमतिअनुसार चैतमा वाणिज्य बैंकहरूले निक्षेपमा १० दशमलव शून्य ३ प्रतिशत नै ब्याज दिने भएका हुन् । यो निर्णय आइतवार सदस्य बैंकहरूलाई सुनाइएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंक र परीक्षा बोर्डबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्ड बीच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका छन् ।  उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवा अवधि पूरा गरेका बोर्डका कर्मचारीहरुलाई बोर्डको सिफारिसमा अधिकतम १५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर ...

एकल अंकमा आयो निक्षेपको ब्याजदर

काठमाडौं । अन्ततः वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर एकल अंकमा झारेका छन् । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि यसअघि जारी गरेको ब्याजदर संशोधन गर्दै एकल अंकमा झारेका हुन् । वाणिज्य बैंक मात्र नभएर विकास बैंक र फाइनान्स कम्पनीले पनि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेका छन्, जुन बुधवार र बिहीवारदेखि नै लागू भइसकेको छ । संशोधित ब्याजदरअनुसार अब वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ९ दशमलव ३६ प्रतिशतसम्म ब्याज दिनेछन् । यसैगरी विकास बैंकहरूले ९ दशमलव ५० र फाइनान्स कम्पनीहरूले ९ दशमलव ६० प्रतिशतको अधिकतम ब्याजदर निर्धारण गरेका छन् । बैंकिङ क्षेत्रमा तरलताको अभाव कायमै भएपछि कात्तिकका लागि ७ वाणिज्य बैंकले मात्र दोहोरो अंकको निक्षेप ब्याजदर निर्धारण गरेका थिए । त्यसमा एनआईसी एशिया बैंकले सबैभन्दा बढी अर्थात् ११ दशमलव १० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्‍याएका थिए । यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि ब्याजदर ह्वात्तै बढाएका थिए । खासमा तरलताको अभाव भएपछि बैंकहरूले असोजदेखि ब्याजदर बढाउन थालेका थिए । असोजमा सनराइज बैंकले मात्र दोहोरो अंकको अर्थात् १० दशमलव ०७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । कात्तिकमा आएर सनराइजले ब्याजदर एकल अंकमा ल्याएपनि अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आफूखुशी ब्याजदर बढाएर दोहोरो अंकमा पु¥याएका थिए । यसरी बैंकहरूले जथाभावी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले गत मंगलवार मासिक रूपमा १० प्रतिशतले मात्रा ब्याजदर तलमाथि गर्न निर्देशन दिएको थियो । साथै, कात्तिकका लागि निर्धारण गरिएको ब्याजदर तत्काल संशोधन गर्न पनि निर्देशन दिएको थियो । त्यतिले मात्रा नपुगेर राष्ट्र बैंकका अधिकारीहरूले बुधवार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशकहरूलाई फोन नै गरेर ब्याजदरका सीमा नै तोकिदिएका थिए । अहिले आएर बैंक तथा वित्तीय संस्थाहरूले सोहीअनुसार नै नयाँ ब्याजदर लागू गरेका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको नीतिअनुसार निक्षेपको ब्याजदर एकल अंकमा झारेको बताए । ‘बैंकहरूले ब्याजदर बढाउन थालेपछि ब्याजदर स्थिरताको बहस उठ्यो । ब्याजदर स्थिरताका लागि दबाब पनि आउन थाल्यो,’ उनले भने, ‘त्यस अवस्थामा राष्ट्र बैंकबाट पनि ब्याजदर नियन्त्रण गर्न निर्देशन आयो । त्यसपछि हामीले ब्याजदर संशोधन गरेका हौं ।’ ब्याजदर घटेसँगै अब उद्योग व्यवसाय गर्नेहरूलाई सहजता प्रदान हुने उनको भनाइ छ । ‘निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्छ । यो अवस्थामा ऋण लिएर उद्योग व्यवसाय गर्नेहरूलाई थप सहज हुनेछ,’ उनले भने । ब्याजदर घटाउँदा केही बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशतमा कायम गर्न चुनौती हुने उनको भनाइ छ । ‘ब्याजदर घटेपछि सीडी रेसियो ९० प्रतिशतभन्दा माथि भएका बैंकहरूलाई समस्या हुन सक्छ । यस अवस्था त्यस्ता बैंकहरूलाई राष्ट्र बैंकले केही सहयोग गर्न आवश्यक छ,’ उनले भने, ‘साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि ऋण किनिदिएर सहयोग गर्न पर्ने हुनसक्छ ।’