इलाम : घरेलु टोली धरान फुटबल क्लबलाई हराउँदै युकेएफसी भारतले २३ औँ बुढासुब्बा गोल्डकपमा विजयी सुरुवात गरेको छ।धरान रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीलाई हराउँदै युकेएफसीले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि टाईब्रेकर रोजिएको थियो।आयोजक टोलीका रिवश मास्कले गोल गर्न चुक्दा धरान ५–४ गोल अन्तरले पराजित बन्दै क्वार्टरफाइनलबाट बाहिरिएको हो। युकेएफसीको जितमा गोलरक्षक मनोज प्रधान भाग्यमानी सावित भए। उनले रिवशको प्रहार बचा