काठमाडौं । म्युजिक भिडियो निर्देशकहरुको छाता संस्था नेपाल म्युजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रवार राजधानीमा आयोजित समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
समाजको प्रथम उपाध्यक्षमा देवेन्द्र पान्डे र द्वितिय उपाध्यक्षमा निकेश खड्का निर्विरोध चुनिएका छन्...