कोरोना भाईरस (कोभिड–१९) को संक्रमणमा कमी आएसँगै हवाइ सेवा पुनः लयमा फर्कन थालेको छ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट दैनिक १९८ वटा आन्तरिक र १४ वटा अन्तर्राष्ट्रिय उडान गर्न हवाइ सेवा कम्पनीहरुलाई अनुमति दिएसँगै यात्रुहरुले सहज रुपमा हवाइ सेवा लिन थालेका छन् ।