नेपाली काँग्रेसले सुनसरी संसदीय क्षेत्र नम्बर–४ का ४ पालिकाको प्रमुख पदमा जितेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रमा काँग्रेसले ‘क्लिन स्विप’ गरेको हो । काँग्रेसका प्रभावशाली नेता समेत रहेका मन्त्री कार्कीको निर्वाचन क्षेत्रमा रहेको सुनसरी–४ का वराहक्षेत्र नगरपालिका, कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा काँग्रेस विजयी भएको छ । निर्वाचन क्षेत्रका पालिकाको प्रमुखमा मात्र नभई उपप्रमुखसहित बहुमत जनप्रतिनिधि