नक्कली सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र र नक्कली सवारी चालक अनुमती पत्र बनाउने चार फोटो स्टुडियो र अन्य चार पसलका सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरोले सरकारी कागजात किर्ते गर्ने गिरोह सक्रिय रहेको सूचनाका आधारमा फोटो स्टुडियोसहितका पसलमा छापा मारेको थियो ।