सूर्य लाइफको विशेष साधारणसभा सम्पन्न, ज्योति लाइफसँग मर्जरमा जाने सम्झौता अनुमोदन

२० साउन, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको विशेष साधारणसभाले ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने समितिको निर्णयलाई अनुमोदन गरेको छ । विराटनगरमा १९ साउनमा सम्पन्न कम्पनीको विशेष साधारणसभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने […]

सम्बन्धित सामग्री

नेसनल लाइफको ३५ औं वार्षिक साधारणसभा सम्पन्न

नेसनल लाइफ कम्पनीको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।...

सिटिजन लाइफको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, २१ बैशाख । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभा कम्पनीको प्रधान कार्यालय एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो। सभाले कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित् कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान बापत ७ लाख रुपैयाँ कम्पनी ऐन […]

नेपाल लाइफको २२ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री गोविन्द लाल संघईको अध्यक्षतामा शुक्रबार वीरगंजमा बसेको हो।यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ। लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७÷७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ।त्यसैगरी, साधारण

प्रभु लाइफको विशेष साधारणसभा

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सको विशेष साधारण सभा असार २३ गते बस्दै छ । कम्पनीको विशेष साधारण सभा काठमाडौंमा दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ । बीमा कम्पनीहरुमा पूँजी वृद्धि भइरहँदा प्रभु लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारितकै लागि […]

नेपाल लाइफको वार्षिक साधारणसभा

उक्त सभाले शेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर ०.७३६८ रूपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक ८ अर्ब, २० करोड ७९ लाख ६६ हजार ५ सय ४४ रूपैयाँ हुन...

नेशनल लाइफको साधारणसभा : १९ प्रतिशत बोनस र नगद लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंह अध्यक्षतामा कम्पनीले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले शेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/७७ को चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर जारी गर्ने र सो बापतको कर प्रयोजनका लागि ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँ नगद लाभा‌श पारित गरेको छ ।सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड-१९ को प्रकोप यथावत रहेपनि प्रतिष्पर्धात्मक बजार एवम्‌ नियामकीय प्रयासहरू साथै बीमितको

सूर्या लाइफको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३ औं वार्षिक साधारणसभा विराटनगरमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनी सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए । साधारणसभाले चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ सञ्चालक निर्वाचित गरेको छ । संस्थापक शेयरधनी समूह ‘क’ बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा वीरेन्द्रबाबु श्रेष्ठ निर्वाचित भएको कम्पनीले बताएको छ । कम्पनीले चालू आव ०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३५ शाखा सञ्जालमा रहेका ४९,७१७ अभिकर्तामार्फत १२२९७० बीमालेखबाट रु.२,०१,८५,७१,३१८ बीमाशुल्क आर्जन गर्नुका साथै कुल दाबी भुक्तानी रु.२९,१८,६७,३१० गरेको जनाएको छ ।

सूर्या लाइफको तेह्रौं वार्षिक साधारणसभा : सेयरधनीलाई १३.३६ प्रतिशत लाभांश पारित

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सो कम्पनीले जानकारी दिएको छ । विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी वृद्धि भइ दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १०० रुपै

गुराँस लाइफको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको मुख्य कार्यालय काठमाडौंको तिनकुनेस्थित राजभवनमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आव ०७५/०७६ को मुनाफाबाट ५.५००४१७४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ०.२८९४९५६६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाले बोनस शेयर जारीपछि वृद्धि हुने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरूप वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समिति अध्यक्ष तथा सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकीकम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यसका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

गुँरास लाइफको साधारणसभा सम्पन्न, लाभांश पारित

गुँरास लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company को ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाण्डौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा गरेको हो । साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७५÷०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी रु. १,९७,८५,८४,६००।– को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम रु. १०,८६,६५,४००।– (अक्षेरुपी दश करोड छयासी लाख पैंसठ्ठी हजार चार सय मात्र ।) बराबरको बोनस शेयर जारी गर्ने र सो मा लाग्ने कर वापत ०.२८९४९५६६ प्रतिशत रु. ५७,१९,२३१।५७ (अक्षेरुपी सन्ताउन्न लाख उन्नाइस हजार दुई सय एकतिस र सन्ताउन्न पैसा मात्र ।) नगद लाभांश (कर प्रयोजनका लागि मात्र) वितरणको प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण गर्दा हुन आउने दशमलव पछिको अंक (Fraction Share) शेयर र पहिला यथावत कायम रहेको दशमलब पछिको अंक (Fraction Share) शेयर समेत थप गर्दा १ कित्ता शेयर दिन सकिने भएमा सो दिई बाँकि रहन आउने दशमलब पछिको अंक (Fraction Share) शेयरलाई यथावत राख्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस शेयर जारी पश्चात् बृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप बृद्धि गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिका अध्यक्ष तथा संचालकहरुको बैठक भत्ता बृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।