गुराँस लाइफको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको मुख्य कार्यालय काठमाडौंको तिनकुनेस्थित राजभवनमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आव ०७५/०७६ को मुनाफाबाट ५.५००४१७४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ०.२८९४९५६६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाले बोनस शेयर जारीपछि वृद्धि हुने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरूप वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समिति अध्यक्ष तथा सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकीकम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यसका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

सम्बन्धित सामग्री

गुराँस लाइफ इन्स्योरेन्सको बोनश सेयर प्रस्ताव

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।सेयर धनीहरुको भौतिक तथा जुममार्फत सभा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ ।सभाले आर्थिक् वर्ष २०७७/०७८ को लागि लेखा […]

गुराँस लाइफको वार्षिक साधारण सभा सम्पन्न, विवेक दुगड अध्यक्षमा निरन्तर

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको दसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष