हुम्लामा यात्रुको चाप घट्दै, निजी एयरलाइन्सको नियमित उडान

हुम्ला- उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सले हुम्लामा आफ्नो उडान थप गरेका छन् । हुम्लादेखि जिल्लाबाहिर पुग्न छिटो र सजिलो माध्यम हवाई सेवा रहेको छ । सिमकोट […]

सम्बन्धित सामग्री

दशैंमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

कोहलपुर (बाँके)। हिन्दू धर्मालम्वीहरूको महान् चाड दशैंको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दशैं मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए । भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दशैं मनाउनका लागि गृहजिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताए ।  'टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट विक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु,' जेठाराले भने, 'बिहान ४ बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।' स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ ।  निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए । उनका अनुसार दशैंको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् ।  निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दशैंलाई लक्षित गरी आइतवारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ ।  एयरलाइन्स क्षेत्रीय कार्यालय, नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दशैंको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । 'यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो,' उनले भने, 'अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।' यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए। यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो । बाजुरा कोल्टीकी सङ्गीता विष्टले दशैंका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताए । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो । 'एउटा उडानमा १७ सिट हुन्छ,' उनले भने, 'यहाँ सातओटा टिकट मात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।'  रासस

सीता एअरलाइन्सले माघ २५ गतेदेखि दाङ–काठमाण्डौ उडान भर्ने

दाङ - माघ २५ गतेदेखि सीता एअरलाइन्सले दाङ–काठमाण्डाै नियमित उडान भर्ने भएको छ । दाङको टरिगाउँ विमानस्थलमा सीता एअरले पहिलो चरणमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । परीक्षण उडान गरेको करिब १२ दिनपछि सीता एअरले उडान भर्ने भएको हो । सीता एअरले माघ १३ गते परीक्षण उडान गरेको थियो । यसअघि नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ । यद्यपि यात्रुको चाप वृद्धि भएमा हरेक दिन उडान गर्ने महाप्रबन्धक सिंहको भनाइ छ । तुलसीपुर उ...

भरतपुर विमानस्थल : एक वर्षमा दुई लाखभन्दा बढी यात्रुले लिए सेवा

चितवन । भरतपुर विमानस्थलबाट एक वर्षमा दुई लाखभन्दा बढी यात्रुले सेवा लिएका छन् । यो विमानस्थल भएर २०२१ जनवरीदेखि डिसेम्बरसम्म उडान र अवतरण गरी २ लाख २ हजार ९७३ जना यात्रुले सेवा लिएका हुन् । कार्यालयको तथ्यांक अनुसार सो अवधिमा भरतपुर विमानस्थलमा  ६ हजार ५९६ पटक उडान र अवतरण भएको थियो, जसअनुसार २०२१ को जनवरीमा ४१० ओटा उडान र अवतरण भएकोमा सो महिना १३ हजार १९३ यात्रुले सेवा लिएका थिए । यस्तै फेब्रुअरीमा ५४८ ओटा उडान र अवतरण हुँदा १७ हजार ३२३ जना, मार्चमा ५९४ ओटा उडान र अवतरणमा १८ हजार ७४३ जना र अप्रिलमा ५६० ओटा उडान र अवतरण भएकोमा १६ हजार ८८० जना यात्रुले सेवा लिएका थिए । कोरोनाका कारण मे महिनाको केही दिन र जुन महिनामा नियमित उडान र अवतरण भएको थिएन । सो अवधिमा चार्टर उडान गरिएको विमानस्थल कार्यालयले बताएको छ । मे महिनामा ६० ओटा उडान अवतरण भएकोमा १ हजार २११ जना यात्रुले सेवा लिएका थिए । जुन महिनामा ६ ओटा चार्टर उडानबाट १३ जना यात्रुले सेवा लिएका थिए । यसैगरी जुलाईमा ५४६ पटक उडान र अवतरण भएको थियो सो महिनामा १७ हजार १०९ यात्रुले सेवा लिएका थिए । अगस्ट महिनामा ५६८ ओटा उडान र अवतरणमा १८ हजार २५६ जना यात्रु, सेप्टेम्बरमा ७१४ ओटा उडान अवतरण गरिएकोमा २४ हजार २८० जना यात्रु, अक्टोबरमा ८३४ पटक उडान अवतरण भएकोमा २४ हजार ५५१ जना यात्रु, नोभेम्बरमा ८३४ ओटा उडान अवतरणमा २५ हजार ५५१ जना यात्रु र डिसेम्बरमा ८५० ओटा उडान अवतरण भएकोमा २५ हजार ३३३ जना यात्रुले सेवा लिएको कार्यालयले बताएको छ । कार्यालयका सूचना अधिकारी दीपक विकले पछिल्लो समय भरतपुर विमानस्थल भएर सेवा लिने यात्रुको चाप बढ्दै गएको बताए । यात्रु बढेपछि उडान संख्या पनि थपिएको उनको भनाइ छ । ‘हवाई सेवामा यात्रुको आकर्षण बढेको छ,’ उनले भने । उनका अनुसार विशेषगरी विभिन्न राजनीतिक सभा सम्मेलन, चाडबाड तथा नारायणगढ–मुग्लिन सडकखण्डको बाटो अवरुद्ध भएको बेला हवाई यात्रुको चाप बढ्ने गर्दछ । हवाई यात्रा छिटो छरितो, आरामदायी र तुलनात्मक रूपमा बढी सुरक्षित हुने भएकाले पनि यात्रुको चाप बढ्ने गरेको उनको भनाइ छ । भरतपुर विमानस्थलबाट हाल काठमाडौं, पोखरा र भैरहवा दैनिक उडान हुने गरेको छ । बुद्ध एयरको दैनिक भरतपुर–काठमाडौं ६ ओटाका साथै भरतपुर–पोखरा र भरतपुर–भैरहवा एक/एकओटा उडान हुने गरेको छ । यस्तै गुण एयरलाइन्सको भरतपुर–काठमाडौं दुईओटा र भरतपुर–पोखरा एउटा उडान हुँदै आएको छ ।

भरतपुर विमानस्थलबाट एक वर्षमा २ लाखभन्दा बढी यात्रुले लिए सेवा  ​​​​​​​

माघ १३, चितवन । भरतपुर विमानस्थलबाट एक वर्षमा २ लाखभन्दा बढी यात्रुले सेवा लिएका छन् । यो विमानस्थल भएर २०२१ जनवरिदेखि डिसेम्बरसम्म उडान र अवतरण गरी २ लाख २ हजार ९७३ जना यात्रुले सेवा लिएका हुन् । कार्यालयले दिएको जानकारी अनुसार सो अवधिमा भरतपुर विमानस्थलमा  ६ हजार ५९६ पटक उडान र अवतरण भएको थियो ।  जसअनुसार २०२१ को जनवरिमा ४१० ओटा उडान र अवतरण भएकोमा सो महीना १३ हजार १९३ यात्रुले सेवा लिएका थिए । यस्तै फेब्रुअरीमा ५४८ ओटा उडान र अवतरणमा १७ हजार ३२३ जना यात्रु, मार्चमा ५९४ ओटा उडान र अवतरणमा १८ हजार ७४३ यात्रु, अप्रिलमा ५६० ओटा उडान र अवतरण भएकोमा १६ हजार ८८० जना यात्रुले सेवा लिएका थिए ।  कोरोनाका कारण मे महीनाको केही दिन  र जुन महीनामा नियमित उडान र अवतरण भएको छैन सो अवधिमा चार्टर उडान गरिएको विमानस्थल कार्यालयले बताएको छ । मे महीनामा ६० ओटा उडान अवतरण भएकोमा १ हजार २११ जना यात्रुले सेवा लिएका थिए भने जुन महीनामा छ ओटा चार्टर फ्लाईटबाट १३ जना यात्रुले सेवा लिएका थिए ।  यसैगरी जुलाईमा ५४६ पटक उडान र अवतरण भएको थियो । उक्त महीनामा १७ हजार १०९ यात्रुले सेवा लिएका थिए । अगष्ट महीनामा ५६८ ओटा उडान र अवतरण मा १८ हजार २५६ जना यात्रु, सेप्टेम्बरमा ७१४ ओटा उडान अवतरण गरिएकोमा २४ हजार २८० जना यात्रु, अक्टोबरमा ८३४ पटक उडान अवतरण भएकोमा २४ हजार ५५१ जना यात्रु, नोभेम्बरमा ८३४ ओटा उडान अवतरणमा २५ हजार ५५१ जना यात्रु र डिसेम्बरमा ८५० ओटा उडान अवतरण भएकोमा २५ हजार ३३३ जना यात्रुले सेवा लिएको कार्यालयले बताएको छ ।  कार्यालयका सूचना अधिकारी दिपक विकले पछिल्लो समय भरतपुर विमानस्थल भएर सेवा लिने यात्रुको चाप बढ्दै गएको बताए । उडान संख्या थपिएसँगै यात्रुको संख्या पनि बढ्दै गएको हो । ‘उडान संख्या पनि थपिएको छ’, विकले भने, ‘योसँगै हवाई सेवामा यात्रुको आकर्षण पनि छ’, उनले भने । उनका अनुसार बिशेष गरी विभिन्न राजनीतिक सभा सम्मेलन , चाडबाड तथा नारायणगढ –मुग्लिन सडकखण्डको बाटो अवरुद्ध भएको बेलामा हवाईयात्रुको चाप बढ्ने गर्दछ । हवाई यात्रा छिटो छरितो , आरामदायी हुनुका साथै स्वास्थ्य सुरक्षा बढी हुने भएकोले पनि यात्रुको चाप बढ्ने गरेको उनको भनाइ छ । भरतपुर विमानस्थल भएर हाल काठमाडौं ,पोखरा, भैरहवा दैनिक उडान हुने गरेको छ ।  बुद्ध एयरको दैनिक भरतपुर –काठमाडौं छ ओटा,   भरतपुर – पोखरा र  भरतपुर – भैरहवा एक/ एक ओटा  हुने गरेको छ भने गुण एयरलाईन्सको भरतपुर – काठमाडौ  दुई ओटा  भरतपुर –पोखरा एउटा  उडान हुँदै आएको छ ।

नेकपा(एमाले) को महाधिवेशनका कारण चितवनमा हवाई चाप बढ्यो

मंसिर ९, चितवन । पछिल्लो समय चितवनमा हवाई उडानको चाप ह्वात्तै बढेको छ । अन्य दलको राजनीतिक गतिविधिसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएपछि एकहप्ता देखिनै हवाई चाप बढ्दै गएको हवाई सेवा प्रदायक कम्पनी बताउँछन् ।  विशेषगरी उडान सेवा नभएका जिल्लाहरुबाट यात्रुहरु आउन नसकेपनि काठमाडौं, पोखरा, भैरहवाबाट भरतपुर आउने यात्रुको संख्याको चाप बढी भएको हवाई सेवा प्रदायक कम्पनीका कर्मचारीको भनाइ छ ।  बुद्ध एयरका भरतपुर प्रबन्धक भक्त बहादुर बस्नेतले एकसातादेखि नै यात्रुहरुको चाप बढेको बताए । ‘अहिले यहाँबाट जाने भन्दा पनि भरतपुुर आउने यात्रुको चाप बढी छ, उनले भने, चाहे काठमाडौंबाट होस् या पोखरा अनि भैरहवा । खाली सिट उडाउनु परेको छैन ।’  भरतपुर आउने भन्दा जाने यात्रुको संख्या केही कम भएपनि यहाँबाट फर्कने यात्रुहरुले बुकिङ गर्न थालिसकेको बस्नेतले जानकारी दिए  ।  हाल बुद्धको १० ओटा काठमाडौं, एउटा पोखरा र एउटा जहाजले भैरहवा उडान गर्दै आएका छन् ।  अहिले एमालेको केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ हुँदैछ भने कांग्रेसको जिल्ला अधिवेशन मंसिर १० गतेबाट शुरु हुँदैछ । यसको साथै पर्यटकीय सिजन शुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरु पनि देखिन थालेका छन् ।  गुण एयरलाइन्सका भरतपुर इन्चार्ज कुलराज शर्मा चाडबाडका बेला भन्दा पनि अहिले आएर हवाई यात्रुको चाप ह्वात्तै बढेको बताउँछन् । ‘चाडबाडमा भन्दा पनि अहिले टिकट बुकिङ र विक्रीको अनुपात बढ्यो, उनले भने, अहिले केही दिनको लागित न त जाने टिकट छ न आउने नै’, उनले भने ।  भरतपुर विमानस्थलका निमित्त प्रमुख दिपक विकले राजनीतिक गतिविधिका कारण पछिल्लो दिनहरुमा हवाई यात्रुको चाप थप बढेको बताए । ‘चाडबाड पछि पनि यात्रुको संख्या घटेकै पाएका छैनौं, मुभमेन्ट एकदम बढेको छ उनले भने, अहिले आउनेको बढी चाप छ, केही दिनपछि जानेको बढ्ला ।’ हिजोआज मौसमपनि प्रतिकुल नभएको र समयमै र नियमित उडान र अवतरण भएकोले कुनै समस्या नआएको उनको भनाइ छ ।  गुणले एयरलाईन्सले शुरु गर्‍यो पोखरा भरतपुर–पोखरा हवाई सेवा  यात्रुहरुको चाप  माग र आवश्यकता अनुसार बुधवारबाट भरतपुर–पोखरा–भरतपुर हवाई उडान शुरु गरेको छ । एमालेको महाधिवेशन सँगै पर्यटकहरुको पनि आगमन बढ्दै गएकोले एउटा उडान थप गरिएको गुण एयरलाईन्सले जानकारी दिएको छ । एयरलाईन्सका इन्चार्ज शर्माले यात्रुहरुको माग र यात्रुहरुको सहजताका लागि बुधवारबाट पोखरा उडान शुरु गरिएको जानकारी दिए । ‘अहिले महाधिवेशनको माओल पनि भयो पर्यटकहरु पनि आउन थाले त्यसैले हिजोबाट सेवा शुरु गर्‍यौं’ उनले भने, अब विस्तारै भैरहवा उडान पनि सञ्चालन गर्नेछौं ।  विमानस्थलका निमित्त प्रमुख विकले अहिले महाधिवेशन लक्षित गरेर गुण एयरले उडान थप्नुले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए । ‘चितवन देशभरकै केन्द्र पनि हो, यसले एउटा कनेक्टिभिटीको निर्माण गरेको छ ।’ विकले भने । गुण एयरलाइन्सले केही महीना अघिदेखि दुईओटा काठमाडौं उडान गर्दै आएको छ । भने बुधवारबाट थप एउटा पोखरा उडान थप गरेको हो ।

हुम्लामा यात्रुको चाप घट्दै, निजी एयरलाइन्सको नियमित उडान

उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सले हुम्लामा आफ्नो उडान थप गरेका छन् ।     हुम्लादेखि जिल्लाबाहिर पुग्न छिटो र सजिलो माध्यम हवाई सेवा रहेको छ । सिमकोट विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज, सुर्खेतदेखि हुम्लामा सीता, समिट र तारा एयरलाइन्सले नियमित उडान भर्दा यात्रुको चाप घटेको छ । सीता एयरलाइन्सले बिहानदेखि द...

भरतपुर विमानस्थलबाट १० महीनामा  १ लाख ४० हजार जना यात्रुले लिए सेवा

कात्तिक २४, चितवन । भरतपुर विमानस्थलमा वर्ष २०२१ को १० महीनामा झण्डै १ लाख ४० हजार यात्रुले सेवा लिएका छन् ।  सो वर्षको जनवरीदेखि अक्टोवरसम्म १ लाख ३९ हजार ८८३ जनाले सेवा लिएका हुन् । कार्यालयका अनुसार सबैभन्दा बढी अक्टोवर महीनामा २६ हजार ८१ र सबैभन्दा कम जुन महीनामा १३ जना यात्रुले सेवा लिएका थिए ।  यस्तै  जनवरी महीनामा १३ हजार १९३, फेब्रुअरीमा १७ हजार ३२३ जना, मार्च महीनामा १८ हजार ७४३, अप्रिलमा १६ हजार ८८०, मे महीनामा १ हजार २११ जना जुलाईमा, १७ हजार  १०९, अगष्टमा १८हजार २५६ र  सेप्टेम्बरमा २४ हजार २८० जना  यात्रुले सेवा लिएका थिए । कार्यालयका सूचना अधिकारी दिपक विकले जुन महीनामा कोरोनाका कारण निषेधाज्ञा भएकाले नियमित उडान बन्द भएकोले जुन महीनामा चार्टर विमान मात्र भएको जानकारी दिए ।   ‘मेदेखिनै निषेधाज्ञा भयो । नियमित उडान बन्द भयो’, उनले भने, ‘ती यात्रु चार्टर विमानका मात्रै हुन् ।’  उनका अनुसार अक्टोवर महीनामा चाडपर्व शुरु  भएसँगै यात्रुको संख्यामा पनि वृद्धि भएको हो । ‘चितवनमा चाडवाडमा उडान संख्या पनि बढ्यो’, उनले भने,  ‘चाडपर्व र राजनीतिक गतिविधिले उक्त महीनामा यात्रुको चाप बढेको हो  ।’  झण्डै ५ हजार उडान  विमानस्थलमा १० महीनाको अवधिमा विभिन्न उडान कम्पनीले झण्डै ५ हजार उडान गरेका छन् ।  कार्यालयका अनुसार उक्त अवधिमा ४ हजार ९१२ पटक उडान र अवतरण  भएको छ । यी मध्ये सबैभन्दा बढी अक्टोवर महिनामा ९०६ ओटा उडान भएको छ भने सबैभन्दा कम जुन महीनामा ६ ओटा उडान भएको छ ।  यस्तै जनवरी महिनामा ४१० ओटा, फेब्रुअरीमा ५४८, मार्चमा ५९४, अप्रिलमा ५६०, मे महीनामा ६० जुलाईमा ५४६, अगष्टमा ५६८ र सप्टेम्बर महीनामा ७१४ ओटा उडान भएको कार्यालयले जानकारी दिएको छ । सूचना अधिकारी दिपक विकले अक्टोवरमा उडान संख्यामा वृद्धि भएको र जुन महीनामा चार्टर मात्र उडान भएकोले उडान संख्या कम भएको बताए ।  सबभन्दा बढी उडान बुद्ध एयरबाट     १० महीनाको अवधिमा सबैभन्दा बढी उडान बुद्ध एयरले गरेको छ । कार्यालयको तथ्यांक अनुसार  सो अवधिमा उक्त कम्पनीले ३ हजार ७१६ पटक उडान गरेको छ भने सबैभन्दा कम श्री एयरले आठ ओटा उडान गरेको छ । विमानस्थलमा निशेधाज्ञाका कारण नियमित उडान नभएका कारण सो अवधिमा चार्टर उडान भएको कार्यालयले जानकारी दिएको छ । उक्त अवधिमा बुद्ध एयरले बाहेक अन्य उडान कम्पनीले नियमित उडान गरेका छैनन् । जस अनुसार जनवरीदेखि जुनसम्मको अवधिमा यती एयरलाईन्सले ७०२ पटक उडान भरेको छ । उक्त कम्पनीले यहाँको सेवा बन्द गरेपछि गुण एयरले  सेप्टेम्बर रअक्टोबरमा गरी २२० ओटा उडान गरेको छ ।  यसैगरी मनाङ्ग एयरले ३४ ओटा, सिम्रिक एयरले ३० ओटा, प्रभु हेलीले ४० ओटा, कैलाश हेलीले २४ ओटा, समिट हेलीले १२ ओटा, एयर अल्टिच्युडले २४ ओटा,एयर डाइनास्टीले २० ओटा, तारा एयरले ५८ ओटा र माउण्टेन हेलीले छ ओटा उडान गरेको कार्यालयले बताएको छ । सूचना अधिकारी विकले बुद्ध एयरको नियमित उडान र जहाजको संख्या पनि धेरै भएकोले  उक्त कम्पनीको उडान संख्या सबैभन्दा बढी भएको बताए । हाल भरतपुर –काठमाडौं –भरतपुर गरी बुद्ध एयरले २६ पटकसम्म भरतपुर– पोखरा– भरतपुर  दुईपटक र भरतपुर –भैरहवा – भरतपुर दुई पटक गरी दैनिक  उडान अवतरण गर्दै आएको छ । यस्तै यती एयरलाईन्सले सेवा बन्द गरेपछि गुण एयरले भरतपुर –काठमाडौं भरतपुर गरी ६ ओटा उडान गर्दै आएको छ ।

निषेधाज्ञामा पनि नियमित उडान हुँदै

वैशाख १५, काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा बिहीवारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुने भएको छ ।  नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जानकारी दिएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बिहीवारदेखि निषेधाज्ञा लागू हुने भएतापनि आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने जानकारी दिए ।  विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ । आन्तरिक उडान नियमित हुने भए पनि निषेधाज्ञाअघिको तुलनामा यात्रुको संख्या कम हुने प्रवक्ता क्षेत्रीले बताए । तथापि निषेधाज्ञाको नराम्ररी असर आन्तरिक हवाई उडानमा परेको छ । निषेधाज्ञा हुने अघिल्ला दुईदेखि तीन दिनमा वायुसेवा प्रदायक कम्पनीले उडान संख्या थपेर यात्रुलाई गन्तव्यमा पुर्‍याउन ब्यस्त रहे । यसबीचमा काठमाडौं बाहिरिने र भित्रिने हवाई यात्रु पनि ह्वात्तै बढेका छन् । यात्रुको सुविधालाई मध्यनजर गर्दै अधिक संख्यामा उडान थपिएको एयरलाइन्सले जानकारी दिएका छन् । आन्तरिक उडानका ठूला हवाई सेवा प्रदायक कम्पनीहरु बुद्ध एयर, यती एयलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीलाई यात्रु ओसार्ने चटारो परेको छ । यात्रुको चाप बढेपछि वायुसेवा कम्पनीले उडान थपेका छन् । बुद्धले बुधवार २२ र मंगलवार २० तथा यतीले पाँच उडान थपेको थियो । बुधवार पनि सोही हाराहारीमा उडान थपिएको कम्पनीले जानकारी दिएका छन् ।  बुद्ध एयरले बुधवार १५० उडानमार्फत झण्डै आठ हजार यात्रु गन्तव्यमा पु¥याएको छ । सो कम्पनीले मंगलवार मात्रै देशका विभिन्न गन्तव्यमा आगमन र प्रस्थान दुवैगरी १४८ ओटा उडान गरेको छ । ती उडानबाट सात हजार ५०० सयभन्दा बढी यात्रु उडेका छन् ।  बुद्ध एयरले बिहीवारका लागि १०० हाराहारी उडान गर्ने र ती उडानका लागि करीब चार हजार यात्रुले बुकिङ गरेको जानकारी दिएको छ । कम्पनीका सूचना अधिकारी दीपेन्द्र कर्णले निषेधाज्ञा अघिको तुलनामा कम संख्यामा उडान हुने बताए । उडान सञ्चालन भए पनि विमानस्थलसम्म पुग्ने र फर्कनेका लागि के कस्तो व्यवस्था हुन्छ भन्ने अझै अन्यौलता रहेको बताए । यती एयरलाइन्सले बुधवार आगमन र प्रस्थान दुवैगरी ७६ उडान गरेको छ । उक्त उडानबाट चार हजार १०० यात्रुले सेवा लिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले बिहीवार २७ उडान निर्धारण गरेको छ । कम्पनीले मंगलवार ७० उडान गरेको थियो । तीन हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् । निषेधाज्ञा लागू भए पनि आन्तरिक उडान नरोक्ने सरकारको निर्णय अनुरुप एयरलाइन्सले उडान नियमित सञ्चालन गर्नेछन् । यसबीचमा यात्रुको संख्या भने न्यून रहेको कम्पनीको भनाइ छ । हवाई कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गरेर उडान नियमित गर्ने जानकारी दिएका छन् ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएकामा कोभिड १९ महामारीकै बीच अहिले २० वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान गरिरहेका छन् । रासस

अन्तर्राष्ट्रिय उडानमा यात्रुको चाप बढ्यो, अब २५ दिनमा १ सय नियमित उडान हुने

काठमाडौं। ६ महिनासम्म बन्द रहेको अन्तर्राष्ट्रियतर्फको नियमित उडान एक महिना अघि देखि सुरु भयो। उडान सुरु भएपछि यात्रुको चाप