कञ्चनपुरको बेदकोट नगरपालिका–३ का महिला सामुदायिक वनबाट दाउराको भारी लिएर घरतर्फ फर्किदै । सामुदायिक वनले स्थानीयवासीलाई दाउरा खुल्ला गरेपछि वनमा गएर उनीहरुले दाउरा ल्याएका हुन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
दुःखपीडा, आँसुले सजिएको छ जिन्दगी, तिम्रो पर्खाइमा लौ यसरी बितेको छ जिन्दगी। उनीहरू जो खुशी छन् बाँच्ने चाहना राख्दछन्, म सोच्दछु मेरो अरू कति बचेको छ जिन्दगी।...
कहिले लाग्छ जिन्दगी सधैं मधुमास जस्तो, कहिले लाग्छ जिन्दगी रित्तो क्यानभास जस्तो। जब यो छाती पीडाको तापमा जल्न थाल्छ, तब लाग्छ जिन्दगी साँझको आकाश जस्तो।...
नेपाली समुदायमा जिन्दगीबारे प्रचलित भनाइहरू छन्– जिन्दगी कर्कलाको पानी हो, जिन्दगी दुई दिनको रामछाया हो, जिन्दगी डाडाँमाथिको जूनघाम हो; इत्यादि । मैले उमेरले चालीस कटेर एकदुई वर्षमात्रै बिताएका घिमिरे युवराजलाई जिन्दगी के रहेछ भनेर सोध्नु अपरिपक्व कुरा थियो । गत साउन तेस्रो साताको एक अपराह्न शिल्पी थिएटर परिसरको कौसीमा भलाकुसारी गरिरहँदा ख्यालख्यालमै सोधेँ– जिन्दगी के […]