उडिरहेको स्पेस जेटको विमानमा आगो लाग्यो

पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ । विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ । इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ । विमानमा १८५ यात्रु थिए । कोही पनि यात्रु घाइते नभएका प्राप्त विवरणहरूमा जनाइएको छ ।  

सम्बन्धित सामग्री

फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ गइरहेको छ : मन्त्री किराँती

काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । मन्त्री किराँतीले सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी दिएका हुन् । सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगो देखिएको थियो । ठूलो आवाजसहित विमानमा आगो देखिएपछि नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका […]

अमेरिकामा उडिरहेको विमानमा आगो लाग्यो

एजेन्सी । अमेरिकाको ओहायोमा उडिरहेको एक विमानमा साेमबार आगो लागेको छ । ओहायोको जोनग्लेन कोलम्वस अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १९५८ नम्बको बोइन ७३७ विमानमा आगो लागेको हो । उडेको केही मिनेटमै चरासँग ठोक्किएको विमानमा आगो लागेको थियो । विमानमा आगो लागेपछि चालकले विमानलाई सोही विमानस्थलमा सुरक्षित रुपमा अवतरण […]

अमेरिकाको मियामी एयरपोर्टमा विमानमा आगो लाग्यो (भिडियो)

९ असार, काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एक विमानमा आगो लागेको छ । आगलागी भएको विमानमा १२६ यात्रु सवार थिए । समयमै उद्दार भएकाले विमानमा आगलागी भए पनि तीन यात्रु सामान्य घाइते हुँदै बाँकी सबै यात्रु सुरक्षित रहे । मंगलबार अमेरिकी समयअनुसार साँझ साढे पाँच बजे विमान अवतरणको क्रममा ल्याण्डिङ गियर भाँचिएको […]

पटनाबाट दिल्लीका लागि उडेको विमानमा आगो लाग्यो, सबै यात्रु सुरक्षित

काठमाडौँ- भारतको बिहार राज्यको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानमा आगलागी भएको छ । विमानको बायाँ इन्जिनमा आगो लागेको अधिकारीले जनाएका छन् । विमानमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर एवम् भिडियोहरुमा विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको देख्न सकिन्छ […]

पटनाबाट दिल्ली उडेको विमानमा आकाशमै आगलागी

काठमाडौँ । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक […]

पटनाबाट दिल्ली उडेको विमानमा आगलागी, सबै सकुशल

५ असार, काठमाडौं । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा  आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु […]

पटनाबाट नयाँ दिल्ली उडेकाे विमानमा आगाे लागेपछि पटनामै आकस्मिक अवतरण

भारतको पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आगो लागेपछि पुनः पटना विमानस्थलमा सकुशल अवतरण गरिएको छ ।  एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । त्यसपछि पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका र सबै यात्रु सकुशल रहेको प्रहरी वरिष्ठ उपरीक्षक मानवजीत सिंहलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ ।  विमानको बायाँ पखेटामा चरा ठोक्किएपछि आगो लागेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीले जनाएको खबरमा उल्लेख छ ...

उडिरहेको विमानमा आगो लागेपछि पटनामा आकस्मिक अवतरण

एजेन्सी, ५ असार । बिहारको राजधानी पटनामा आइतबार विमानको आकस्मिक अवतरण गरिएको छ । विमानमा १८५ यात्रु सवार थिए । विमान पटनाबाट दिल्ली आउँदै थियो । बिबिसी हिन्दीका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो । पटनाका डीएमले विमानका सबै यात्रु सकुशल […]

पाङ्ग्रा भाँचिएको विमान मुम्बईमा आकस्मिक अवतरण

एजेन्सी। एक एयर एम्बुलेन्स विमान मुम्बई विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। नागपुरबाट उडेलगत्तै सो विमानको पाङ्ग्रा भाँचिएको थियो। नागपुरबाट हैदरावाद जाँदै गरेको सो विमानले राति ९ बजेर ९ मिनेटमा आकस्मिक अवतरण गरेको हो। विमानमा चालक दलका दुई सदस्य, एक बिरामी, बिरामीका एक आफन्त र डाक्टर थिए । अवतरणका क्रममा विमानमा आगो नलागोस भनेर फोम राखिएको थियो ।

अमेरिका : उड्दै गरेको विमानमा आगो लाग्यो

अमेरिकामा उड्दै गरेको एक विमानमा आगो लागेको छ । आगो लागेपछि विमानका केही भाग झरेका थिए । डेनवरबाट होनोलुलुका लागि उडान भरेको विमानमा आगो लागेको हो