नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनको लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन् । शुक्रवार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहजै जुनकुनै परिवर्तन गर्नसक्ने बताएका हुन् ।उनले संविधान जारी भएसँगै देशको शक्तिको रुपमा जनता रहेकोले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्नसक्ने बताए । उपाध्यक्ष नेम्वाङले कुनै दल र व्यक्ति मन नपरे सहजै पार्टी परिवर्तन