हँसिलो अनुहार भएका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ हराएको सूचना !

विगत केही दिनयता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सार्वजनिक रूपमा देखा परेका छैनन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले आयोजना गरेको भेलामा देखा परेका थिए। उनी हुलमुलमा थिए । त्यतिखेर उनको चेहरामा एक प्रकारको डर, मौनता, खिन्नता प्रकट भएको देखिन्थ्यो । आफू अहिले बोल्न नसक्ने अवस्थामा रहेको भन्दै उनले कोरोनाभाइरससँग जोगिनका लागि मुखमा लगाएको मास्क आँखामुनि नै पुग्नेगरी तानेका थिए। आफूलाई चिन्ने मानिसहरूसँग उनले अरू बेलामा भन्दा निकै असहज महशुस गरेको कुरा उनको शारीरिक हाउभाउबाट नै प्रस्...