यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले जनाएको छ । विभागले अघिल्ला वर्षमा भन्दा सरदर बढी वर्षा हुने भएकाले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको सम्भावनालाई ध्यानमा राखी पूर्वतयारी थाल्न सरोकारवाला निकायलाई विभागले अनुरोध गरेको छ । विशेष गरी प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर&nd