काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमण सकेर बुधबार स्वदेश फर्कने भएका छन् । नेपाली टोली बुधबार बिहान आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट व्यवस्थापक विनोद दासले जानकारी दिनुभयो । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो […]