रोनाल्डोको गोलमा अल–नासरको जित, उपाधि आशा कायमै

काठमाडौं, ३ जेठ। क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेको खेलमा अल–नासरले मंगलबार राति साउदी प्रो लिगमा अल ताईलाई २–० ले हराएको छ। जितसँगै अल–नासरले उपाधि जित्ने सम्भावना पुनर्जीवित बनाएको छ। लिगको शीर्ष क्लब अल इत्तिहादले गए राति अल–हिलालसँग २–२ को बराबरी खेलेको थियो। योसँगै अल–नासरले शीर्ष क्लब अल-इत्तिहादसँगको दूरी तीन अंकमा छोट्ट्याएको छ। लिगमा अब तीन खेल मात्र बाँकी छ।

सम्बन्धित सामग्री

बार्सिलोनाबाट उपाधि जित्न ब्यग्र छन् जाभी

२८ पुस, काठमाडौं । जाभी हर्नान्डेजले बार्सिलोनाका लागि सुपरकोपा डी स्पानाको उपाधि जित्ने अवसर रहेको बताएका छन् । जसले टिमको आत्मविश्वास बढाउने आशा उनको छ । यसका बाबजुद उनले रियल बेटिससँग सावधान रहन चेतावनी दिएका छन् । किनभने बेटिस यस्तो टिम हो जो सुन्दर खेलका लागि चिनिन्छ र स्पेनमा सर्वश्रेष्ठमध्येको एक हो । ‘उनीहरु यस्ता […]

ब्राजिलियन समर्थकको माग : छैटौं उपाधि जित्नू

२३ मंसिर, काठमाडौं । ब्राजिलियन फुटबल समर्थकले यस पटक टिमसँग एउटै मात्र माग राखेका छन्– छैटौं विश्वकप उपाधि । कतारमा जारी विश्वकपमा क्वाटरफाइनलमा क्रोएसियासँग हुने खेलअघि ब्राजिलमा रहेका समर्थकहरुले टिमसँगै छैटौं उपाधिको आशा गरेको बताएका हुन् । ब्राजिलले पाँचांै विश्वकप जितेको २० वर्ष भइसकेको छ । त्यसयता विश्वकप जित्न नसकेको ब्राजिलका समर्थकले यसपटक उपाधि घर […]

सिटी रोकिएपछि लिभरपुललाई प्रिमियर लिगको आशा

१ चैत, काठमाडौं । दुई महिना अगाडि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १३ अंकको अग्रता हासिल गरेको थियो । लिगको साविक विजेता सिटी अर्को खेल सम्ममा दोस्रो स्थानमा झर्ने सम्भावनामा पुगेको छ । उपाधि दौडको परिवर्तित मोडमा गएराति सिटीले क्रिष्टल प्यालेससँग सेलहस्र्ट पार्कमा निराशाजनक बराबरी खेल्यो । यो नतिजाले दोस्रो स्थानको लिभरपुललाई इंग्लिस […]

मिस एण्ड मिसेस इण्डिजिनियस नम्रता र आशा

‘मिस एण्ड मिसेस इण्डिजिनियस –२०२१’ उपाधि नम्रता तामाङ र आशा थापाले जितेका छन् । एसके इन्टरटेनमेन्टको आयोजना रहेको प्रतियोगितामा सीता तामाङ फष्ट रनरअप, लक्ष्मी गुरुङ सेकेन्ड रनरअप र निरु राई थर्ड रनर अप भए ।कार्यक्रममा अर्गनाइजर च्वाईस क्रिष्टिना आले मगर, पब्लिक च्वाइस शान्ता तामाङ, पपुलर रुपा थापामगर, पर्सनालिटी सिता तामाङ, कन्फिडेण्ट सपना तामाङ लोप्चन, बेष्ट वाल्क शान्ता तामाङ, बेष्ट स्माईल रुपा थापा मगर, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लिन पायल गहतराज, पंचुअल र फ्रेड्ली

टोकियो ओलम्पिकः विश्व नम्बर एक बार्टी पहिलो चरणमै हारिन्

एजेन्सी। विश्व नम्बर एक एश बार्टी टोकियो ओलम्पिकमा महिला टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन्। अष्ट्रेलियाकी बार्टी स्पेनकी सारा सोर्रिबेस टोर्मोसँग ६–४, ६–३ को सोझो सेटमा हारेकी हुन्। २५ वर्षीया बार्टीले लन्डनमा विम्बल्डन टेनिसको उपाधि जितेर टोकियो गएकी थिइन्। २०१९ मा फ्रेन्स ओपनको उपाधि जितेकी बार्टीबाट अष्ट्रेलियाले स्वर्ण पदकको आशा गरेको थियो।

ओसाकाले फ्रेन्च ओपनमा मिडियासँग नबोल्ने

एजेन्सी। टेनिस स्टार नाओमी ओसाकाले फ्रेन्च ओपनमा मिडियामा नबोल्ने बताएकी छिन्। विश्वकै सबभन्दा धेरै कमाउने महिला खेलाडी ओसाकाले त्यसबापत लाग्ने जरिवना मानसिक स्वास्थ्यमा खर्च हुने आशा गरेकी छिन्। फ्रेन्च ओपन पेरिसमा आइतबारबाट सुरु हुनेछ। दोस्रो वरियाताकी २३ वर्षिया ओकासाले चार ग्राण्ड स्लाम उपाधि जितिसकेकी छिन्। उनले गत वर्ष युएस ओपन र फ्रेब्रुअरीमा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।

एट्लेटिकोमाथि रियालको दबाब कायमै, उपाधि टुंगो अन्तिम खेलबाट

एजेन्सी। नाचो फर्नान्डेजको गोलमा रियाल मड्रिडले एथ्लेटिको बिल्बाओलाई १–० ले पराजित गरेको छ। यससँगै रियालले स्पेनिस ला लिगाको उपाधि होडमा छिमेकी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथिको दबाब कायम राखेको छ। लिग उपाधि अब अन्तिम खेलको नतिजाले छिनोफानो गर्नेछ। रियाल एट्लेटिकोभन्दा दुई अंकले पछाडि छ। उपाधि आशा कायम राख्न रियाललाई जित्नैपर्छ। एट्लेटिकोले गएराति नै ओसासुनालाई २–१ ले हराएको थियो।

अर्को सिजन पनि रियालको प्रशिक्षकमा जिदान निरन्तर : क्रुस

काठमाडौं। रियाल मड्रिडका मिडफिल्डर टोनी क्रुसले अर्को सिजन पनि क्लबको प्रशिक्षकमा जिनेदिन जिदानले निरन्तरता दिने विश्वास गरेका छन्। गत सिजन स्पेनिस ला लिगाको उपाधि जितेपछि रियालले यस सिजन अझ बढी उपाधिको आशा गरेको थियो। तर अहिलेसम्म रियालको कुनै पनि उपाधि जित्ने सम्भावना बलियो छैन। ‘‘अर्को सिजन पनि उनी नै हाम्रो प्रशिक्षक हुनेछन्। उनको सम्झैता पनि सकिएको छैन’’, क्रुसले भने।

विश्व नम्बर एक जोकोभिचले मड्रिड ओपन नखेल्ने

काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचले मड्रिड ओपन नखेल्ने भएका छन्। फ्रेन्च ओपनभन्दा चार साताअघिका लागि मड्रिड ओपनको मिति तय भएपछि ३३ वर्षे जोकोभिचले आफू सहभागी हुन नसक्ने बताएका हुन्। ‘‘दुई वर्ष धेरै लामो समय हो,’’ जोकोभिचले भने, ‘‘आशा छ अर्को वर्ष पक्कै भेट हुनेछ।’’ गत वर्ष कोभिड–१९ का कारण प्रतियोगिता भएको थिएन। जोकोभिचले १८ ग्राण्डस्लाम उपाधि जितिसकेका छन्।

रियल मड्रिडको उपाधि जित्ने आशा तिरस्कृत

रियल मड्रिडको स्पेनिस ला लिगाको उपाधि जित्ने आशा तुहिएको छ । रियल बेटिस बिरुद्ध गोलरहित बराबरी खेलेपछि रियल मड्रिडको उक्त आशा तुहिएको हो । स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानको एटलेटिको मड्रिडभन्दा दुई अङ्कले पछाडि छ । एटलेटिकोले अझै एक खेल खेल्न बाँकी नै छ । एटलेटिको मड्रिडले आइतबार एथलेटिको बिल्बाओको सामना गर्दैछ । बार्सिलोना तेस्रो स्थानमा छ । रियलभन्दा ऊ तीन अङ्कले पछाडि छ । तर अझै दुई खेल खेल्न बाँकी नै छ ।