टोकियो ओलम्पिकः विश्व नम्बर एक बार्टी पहिलो चरणमै हारिन्

एजेन्सी। विश्व नम्बर एक एश बार्टी टोकियो ओलम्पिकमा महिला टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन्। अष्ट्रेलियाकी बार्टी स्पेनकी सारा सोर्रिबेस टोर्मोसँग ६–४, ६–३ को सोझो सेटमा हारेकी हुन्। २५ वर्षीया बार्टीले लन्डनमा विम्बल्डन टेनिसको उपाधि जितेर टोकियो गएकी थिइन्। २०१९ मा फ्रेन्स ओपनको उपाधि जितेकी बार्टीबाट अष्ट्रेलियाले स्वर्ण पदकको आशा गरेको थियो।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः विश्व कीर्तिमानधारी किपचोगेले जिते म्याराथनमा स्वर्ण

एजेन्सी। म्याराथनमा विश्व कीर्तिमानधारी केन्याका इलिउड किपचोगेले ओलम्पिकमा लगातार दोस्रो पटक स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी २ घण्टा ०८.३८ मिनेटमा पार गरे। किपचोगेको नाममा २ घण्टा ०१.३९ मिनेटको विश्व कीर्तिमान छ। नेदरल्यान्डका नागेई अबडीले २ घण्टा ०९.५८ मिनेटमा दुरी पार गर्दै रजत पदक जिते। बेल्जियमका बाशिर अबडीले २ घण्टा १०.०० मिनेटमा दुरी पार गर्दै काश्य पदक जिते।

टोकियो ओलम्पिकः एथलेटिक्समा अमेरिकाकी म्याकलघलिनको विश्व कीर्तिमान

एजेन्सी। अमेरिकाकी सिड्नी म्याकलघलिनले एथलेटिक्स महिला ४०० मिटर हर्डल्समा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। उनले ५१.४६ सेकेण्डमा दुरी पार गरेकी थिइन्। म्याकलघलिनले आफैंले बनाएको ५१.९० सेकेण्डको कीर्तिमान तोडेकी हुन्। अमेरिकाकै डलाइला महम्मदले ५१.५८ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन्। महम्मदले पनि २०१९ मा विश्व कीर्तिमान राख्दै वर्ल्ड च्याम्पियसिप जितेकी थिइन्। नेदरल्यान्ड्सकी फेमकी बलले काश्य पदक जितिन्।

टोकियो ओलम्पिकः ११औं दिन २६ स्वर्णको छिनोफानो

एजेन्सी, १९ साउन । टोकियो ओलम्पिकको ११औं दिन २६ स्वर्ण पदकका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज जिम्न्यास्टिक, एथलेटिक्स, बक्सिङ, साइक्लिङ, भारत्तोलन, कुस्तीलगायतका खेलहरुमा स्वर्णको छिनोफानो हुँदैछ । ४०० मिटर बाधा दौडमा नर्वेका कारस्टेन वारहल्मले विश्व किर्तिमान कायम गर्दै स्वर्ण जितेका छन् । हकीमा भारतको महिला टोली बेल्जियमसँग पराजित भएको छ । पदक तालिकामा चीन […]

टोकियो ओलम्पिकः सुटिङमा चीनका झाङको विश्व कीर्तिमान

एजेन्सी। चीनका झाङ चाङहाङले सुटिङको पुरुष २५ मिटर थ्री–पोजिसन राइफलमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। झाङले ४६६ अंक जोडेका थिए। यसअघि चीनकै याङ हाओरनको नाममा ४६५.३ अंकको विश्व कीर्तिमान थियो। रजत पदक जित्ने रुसका सेर्गी कामेनेस्कीले ४६४.२ अंक जोडे। सर्वियाका सेबिच मिलेन्कोले ४४८.२ अंक जोड्दै कास्य पदक जिते।

टोकियो ओलम्पिकः बेलायतले पौडीमा बनायो विश्व कीर्तिमान

एजेन्सी। बेलायतले पौडीको ४ गुण १०० मिटर मिक्स मिड्लेमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ। बेलायतले निर्धारित दुरी ३ मिनेट ३७.५८ सेकेण्डमा पार गरेको हो। यसअघि चीनको नाममा ३ मिनेट ३८.४१ सेकेण्डको विश्व कीर्तिमान थियो। चीनले ३ मिनेट ३८.८६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जित्यो। ३ मिनेट ३८.९५ सेकेण्डमा दुरी पार गरेको अष्ट्रेलियाले काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः अमेरिकाका विश्व च्याम्पियन केन्ड्रिक्स कोरोना संक्रमित

एजेन्सी। अमेरिकाका विश्व च्याम्पियन पोल भउल्टर साम केन्ड्रिक्स कोरोना भाइरस संक्रमित भएका छन्। संक्रमित भएपछि उनले टोकियो ओलम्पिक गुमाउने भएका छन्। केन्ड्रिक्समा कोभिड–१९ को कुनै लक्षण नदेखिए पनि परीक्षणको नतिजा पोजेटिभ आएको उनको बुबाले बताएका छन्। उनी अहिले होटेलमा आइसोलेसनमा छन्। रियो ओलम्पिकमा कांस्य पदक जितेका केन्ड्रिक्सले पछिल्लो दुई विश्व च्याम्पियनसिप जितेका छन्। उनको नाममा विश्व कीर्तिमान पनि छ।

टोकियो ओलम्पिकः विश्व कीर्तिमानसहित चीनलाई स्वर्ण

एजेन्सी। सबैलाई आश्चर्यमा पार्दै चीनले पौडीको महिला ४ गुणा २०० मिनेट फ्रिस्टाइल रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ। चीनले ७ मिनेट ४०.३३ सेकेण्डमा दुरी पार गर्दै कीर्तिमान बनाएको हो। यसअघि अष्ट्रेलियाको नाममा ७ मिनेट ४१.५० सेकेण्डको कीर्तिमान थियो। अमेरिकाले ७ मिनेट ४०.७३ सेकेण्डमा दुरी पार गर्दै रजत र अष्ट्रेलियाले ७ मिनेट ४१.२९ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः रोविङमा नेदरल्यान्डको विश्व कीर्तिमान

एजेन्सी। नेदरल्यान्ड्सले रोविङमा पुरुष क्वाड्रपल स्कल्समा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ। नेदरल्यान्ड्सले ५ मिनेट ३२.०३ सकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेको हो। यसअघि युक्रेनको नाममा २०१४ मा ५ मिनेट ३२.२६ सेकेण्डको विश्व कीर्तिमान थियो। रजत पदक जित्ने बेलायतले ५ मिनेट ३३.७५ सकेण्डमा दुरी पार गर्‍यो। ५ मिनेट ३३.९७ सेकेण्डमा दुरी पार गर्ने अष्ट्रेलियाले काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः दोस्रो दिन १८ स्वर्णका लागि प्रतिष्पर्धा

काठमाडौं, १० साउन । टोकियो ओलम्पिकको दोस्रो दिन १८ स्वर्णका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज सुटिङ, पौडी, जुडो, साइक्लिङ, डाइभिङ, आर्चरी, फेन्सिङलगायतका खेलहरुमा पदकका लागि प्रतिष्पर्धा तय छ । पौडीमा अमेरिकाले स्वर्ण पदक जितेको छ । सुटिङमा रुसले स्वर्ण जितेको छ । यसैगरी, टेनिसमा विश्व नम्बर १ अष्ट्रेलियाकी आस बार्टी पहिलो खेलमै पराजित भएकी […]

टोकियो ओलम्पिकः विश्व विजेता फ्रान्स स्तब्ध

एजेन्सी। विश्व विजेता फ्रान्स टोकियो ओलम्पिकको पुरुष फुटबलमा मेक्सिकोसँग ४–१ ले स्तब्ध बन्यो। मेक्सिकोका लागि इर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा, कार्लोस एन्टुना र इडुवार्डो एग्विरेले गोल गरे। फ्रान्सका आन्द्रे–पिइरे जिगानिकले पेनाल्टीमा गोल गरे। समूह ‘ए’मा मेक्सिको तीन अंकका साथ शीर्ष स्थानमा छ। यसमा आजै आयोजक जापानले दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’मा दक्षिण कोरिया न्युजिल्यान्डसँग १–० ले हार्यो।