काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार मध्यान्ह भेटवार्ता भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो । एमालेको माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने र संसद बैठकमा पनि सहभागी नहुने निर्णय गर्दै काँग्रेस–माओवादीको गठबन्धनलाई ओली सरकार ढाल्न सघाउने निष्कर्ष निकालेपछि अब नेपाल समूहसँग सहकार्य कसरी बलियो बनाउने भन्नेबारे देउवा र प्रचण्डबीच छलफल भएको नेता वर्षमान पुनले बताए । बैठकमा आजको संसद बैठकमा काँग