काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता भंग भएपछि एमाले नेतृत्वको केपी शर्मा ओली सरकार ढाल्ने खेल चलिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकार ढाल्न कसरत गरिरहेका छन्। प्रचण्डले कांग्रेस–माओवादी–जसपा गठबन्धनको सरकार बनाएर ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन्। प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरलाई सरकारको नेतृत्व गर्न आग्रह गरिसकेका छन्। तर, केही साता अघिसम्म सरकारको नेतृत्वको जिम्मेवारी