विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने विवेकशील साझाका प्रवक्ता शरद राज पाठकले बताए । अध्यक्ष मिश्र समूहले पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासलाई बैठकको एजेण्डा बनाएको छ । यता पाण्डे समूहले बैठक सञ्चालन कार्यविधि, पार्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलन र