काठमाडौं : ‘यहाँ नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी सदस्य विरोध खतिवडा आएको हुँ। आयोगका प्रमुखलाई मैले पार्टी नेताका हैसियतले चुनाव अभियानमा गएँ भनेर दर्ता गराएर म घुम्न निस्किएको हुँ’ स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा मंगलबार हेटौँडा पुगेर भने। सरकारको मन्त्री झण्डा हल्लाएर चुनावी प्रचारमा जानु आचारसंहिता विपरीत भएपनि आफूले मात्रै नभएर अरु मन्त्री र प्रधानमन्त्री सबैले चुनावी प्रचारमा लाग्न मिल्ने तर्क गरे। गत साता रुपन्देहीको तिलोत्तमा नगरपालि