काठमाडौं : एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ ।भियतनाममा जारी प्रतियोगिताअन्तर्गत आइतबार समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४–२ गोल अन्तरले पराजित भएपछि नेपाल जितविहीन बनेको हो।फु थोस्थित भियत त्रि स्टेडियममा भएको खेलमा ताइपेका लागि लिन हाइ चेङले दुई गोल गरे। ताई यान याओ र लु यी टिङले एक एक गोल गरे। नेपालका कप्तान प्रशान्त लक्सम र धनसिंह विकले एक एक गोल फर्काए।समूह एफमा रहेको नेपाल अंकविहीन हुँदै पुछारमा पुग्यो। ताइपे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। &nbs