काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र आफ्नो रक्षाको राजनीति गरेको टिप्पणी गरेका छन्।समानुपातिकतर्फ उम्मेदवार चयनको क्रममा सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा उत्रिएपछि महामन्त्री थापाभन्दा नेता गुरुराज घिमिरेले कडा छाप छाडेको बताएका छन्।उनले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तविक मर्म र