घर भत्किँदा एकजनाको मृत्यु

बैतडी : घर भत्किँदा च्यापिएर बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-१ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।माटोको छानो भएको घर एक्कासी सोमबार राति २ बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।वर्षाका कारण कमजोर भएको छानो राति एक्कासी भत्किएको हो। प्रहरीको टोली घटनास्थलतर्फ गएको टोली पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।पूजा स्थ

सम्बन्धित सामग्री

बुर्तिबाङमा घर भत्किँदा एकको मृत्यु, एघार घाइते

बागलुङको बुर्तिबाङ बजारमा पुनर्निर्माणको क्रममा एउटा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। एघारजना घाइते भएका

बागलुङमा घरको गाह्रो भत्किँदा एकजनाको मृत्यु, ११ मजदुर घाइते

पोखरा । बागलुङमा घर भत्काई पुनः निर्माण गर्ने क्रममा गाह्रो भत्किँदा एक जनाको मृत्यु भएको छ । बागलुङ ढोरपाटन नगरपालिका –१बुर्तिबाङ बजारस्थित स्वामीचोकमा घर भत्काउने क्रममा  ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी विजय यादवका अनुसार  पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ […]

हावाहुरीले घर भत्किँदा च्यापिएर वृद्वको मृत्यु

दाङ । गएराती आएको हावाहुरीसहितको वर्षाले घर भत्किँदा दाङमा एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका- १२ रझेनीका ७० वर्षीय भगवान् खत्री को हावाहुरीले भत्काएको घरले च्यापिएर मृत्यु भएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलले जानकारी दिए । उनका अनुसार अनुसार गएराति र८ बजे हावाहुरीले घर भत्किँदा टिनले छाएको एककोठे घरमा रहेका खत्रीको च्यापिएर मृत्यु […]

हुम्लाको चंखेलीमा घर भत्किँदा एकको मृत्यु, ६ बेपत्ता

हुम्लाको चंखेली गाउँपालिकास्थित वडा नम्बर ६ मेलथाम गाउँमा घर भत्किँदा एकजनाको मृत्यु भएको छ भने ६ जना पुरिएका छन्। आइतबार बेलुका ७ बजेतिर घटेको घटनामा घरभित्रै पुरिएकाहरुको कुनै जानकारी नआएको...

वर्षाका कारण घर भत्किँदा एकजनाको मृत्यु

कालिकोटको महावै गाउँपालिकामा दुई दिनको अविरल वर्षाका कारण घर भत्किँदा एकजनाको मृत्यु भएको छ। गाउँपालिकाको ७ नम्बर वडाको राम्नीमा विष्णुलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृती...

वर्षाका कारण घर भत्किँदा एकको मृत्यु

अविरल वर्षाका कारण कास्कीमा घर भत्किँदा एकजनाको मृत्यु भएकाे छ । कास्कीको रूपा गाउँपालिका– ६ मा काजी विकको

मुस्ताङमा घर भत्किँदा एकजनाको मृत्यु

१२ साउन, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा आइतबार राति एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार घर भत्किँदा निशानका …