आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण घर भत्किँदा सोमबार बिहान पोखरामा एक जनाको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका अनुसार...
सुर्नया गाउँपालिकाको रौलेश्वरमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख रमेश पालका अनुसार लगातार वर्षाका कारण घर भत्किएको हो ।
दैलेख । दैलेखमा गएरातीदेखि परेको अविरल वर्षाका कारण दैलेख सदरमुकामका तीन वटा घर भत्किएका छन । नारायण नगरपालिका वडा नं.१ स्थित श्याम सिंह थापाको घर भत्किँदा घरमा डेरा गरी बस्ने नारायण नगरपालिका वडा नं. ११ कि पचास वर्षीय दिपा चन्दको मृत्यु भएको हो । सोही परिवारका विन्दु शाही र मिना शाही घाईते भएका छन ।
अविरल वर्षाका कारण शुक्रबार बिहान डेढ बजेतिर दैलेख सदरमुकाममा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा नारायण नगरपालिका ११ स्थायी घर भएकी ४५ वर्षकी दीपा चन्द्र रहेकी छन्।
तीन दिनदेखिको अविरल वर्षापछि बाराको जनजीवन नराम्ररी प्रभावित भएको छ। वर्षाकै कारण शनिबार बिहान एक घर भत्किँदा सिम्रौनगढ नगरपालिका ८ कचोर्वाका रामविलास पासवानकी ४५ वर्षीया श्रीमती गहनीदेवी पासवानको मृत्यु भएको छ। वर्षाका कारण घर भत्किएपछि गहनीदेवी पुरिएर मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मी वीरेन्द्र यादवले बताएका छन्। बाढीले महेन्द्र राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। इलाका प्रहरी…