काठमाडौँ। अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर जनरल चार्ल्स ए फ्लिन काठमाडौँ आइपुगेका छन्। चार दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका उनलाई नेपाली सेनाका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरेका हुन्।