काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आउँदाे आमचुनावमा पार्टीलाई एक बनाएर लैजाने बताउनुभएको छ ।
आज बुधवार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेता महतले आउँदाे आमचुनावमा पार्टीलाई एक बनाएर लैजान सक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नुभएको बताउनुभएको हो ।
देउवाले सबै नेतालाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उहाँले बताउनुभयो । सभापति देउवाको यो दोस्रो का...