शिवपुरी निकुञ्जको डढेलो  नियन्त्रणमा

काठमाडौं : जिल्लाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा सल्किएको आगो नियन्त्रणमा आएको छ। अस्ति सोमबार साँझदेखि लागेको आगो बुधबार बिहानबाट नियन्त्रणमा आएको निकुन्जका चिफ वार्डेन लक्ष्मण पौडेलले जानकारी दिए।मंगलबार बिहान नियन्त्रणमा आए जस्तो देखिए पनि दिउँसोबाट आगो झन् फैलन थालेपछि हेलिकप्टरबाट त्यहाँ आगो निभाइएको थियो।आगो निभाउन नेपाली सेना, नेपाल  प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसँगै स्थानीयसमेत खटिएका थिए। सबैको प्रयासमा डढेलो नियन्त्रणमा आउन सफल भएको पौडेलको भनाइ छ।निकुन्जस