मकवानपुर : चार महिनादेखि बैठक बस्न नसकेको भन्दै बागमती प्रदेश सभाका सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्।गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन।नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहीबार विज्ञप्ति गर्दै हिउँदे सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाएका छन्।पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको सन्तोषजनक नभएको उनको भनाइ छ। प्रदेश सरकार सञ्चालन गर्न