ओलीले गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेपाल समूह निर्वाचन आयोगमा
नेकपा एमालेको खनाल-नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार एकलौटी गरेको निर्णय मान्य नहुने भन्दै त्यसलाई कार्यान्वयन नगर्न वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको हो ।
आयोगमा नेता राजेन्द्र पाण्डे एक्लै गएका थिए । '११ जना पदाधिकारीले हस्ताक्षर गरेको पत्रसहित म आज निर्वाचन आयोग पुगेको थिएँ,' पाण्डेले लोकान्तरसँग भने, 'शुक्रवार गरिएका निर्णयहरू खारेज गर्नुप...