ओलीको निर्णयलाई मान्यता नदिन भन्दै निर्वाचन आयाेगलाई खनाल–नेपाल समूहकाे पत्र

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेको खनाल–नेपाल समूह निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै झलनाथ खनाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको हो । विधि, पद्धति र अभ्यास विपरीत गरिएका निर्णय पार्टी विधान अनुकूल नठहरिने खनाल–नेपाल समूहले आयोगमा बुझाएको पत्रमा उल्लेख छ । एमालेका अध्यक्ष ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमार्फत खनाल–नेपाल समूहका नेताहरूलाई जिम्मेवारीबाट हटाउन...

सम्बन्धित सामग्री

अहिलेसम्म ७ वटा दलले राष्ट्रिय पार्टीकाे मान्यता पाए - निर्वाचन आयोग

काठमाण्डाै – निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) दिउँसाेसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी तीन प्रतिशत 'थ्रेसहोल्ड' कटाएको जानकारी गराउनुभएको हो । जसअनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । समानुपाति...

आजसम्म सातवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाए : निर्वाचन आयोग

काठमाडौँ : निर्वाचन आयोगले हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ।निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औपचारिक जानकारी गराए।एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भएको छ। न्यूज

वामदेवको पार्टीलाई निर्वाचन आयोगले दियो मान्यता, चुनाव चिह्न झुलेको धानको बाला

१५ साउन, काठमाडौं । निर्वाचन आयोगले वामदेव गौतमको नेतृत्वमा पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’लाई मान्यता दिएको छ । गौतमको नेतृत्वमा दल दर्ताका लागि साउन ३ गते आयोगमा निवेदन परेको थियो र ९ साउनमा सनाखत भएको थियो । आयोगले १२ साउनमा गौतम नेतृत्वको पार्टीलाई मान्यता दिने निर्णय गरेको थियो । आइतबार आयोग पुगेर नेकपा एकता […]

निर्वाचन आयोगले ९ जनालाई दियो विशेष पर्यवेक्षकको मान्यता

काठमाडौं । निर्वाचन आयोगले राज्यको महत्वपूर्ण पदमा बसेर अवकाश पाएका ९ जना व्यक्तिहरुलाई ‘विशेष पर्यवेक्षक’ को मान्यता दिएको छ । देशभर करिव ५ हजार राष्ट्रिय पर्यवेक्षकहरु स्थानीय तह निर्वाचनको पर्यवेक्षणमा खटिएकोमा आयोगले ९ जनालाई ‘विशेष पर्यवेक्षक’को मान्यता सहित अनुमति दिएको हो । निर्वाचन आयोगले पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्तहरु […]

कांग्रेसको डडेल्धुरा जिल्ला अधिवेशनलाई निर्वाचन समितिले दियो मान्यता

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको अधिवेशनलाई मान्यता दिएको छ । अधिवेशन खारेजीको माग गर्दै पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेता कार्यकर्ताहरु सानेपामा अनसनमा बसिरहेका बेला निर्वाचन समितिले बहुमतले उक्त अधिवेशनलाई मान्यता दिएको हो । समितिको सोमबार बसेको बैठकले अधिवेशन प्रक्रियागत रुपमा भएको निष्कर्ष निकालेको हो । संयोजक गोपालकृष्ण घिमिरे, सदस्यहरु […]

निर्वाचन अयोगको निर्णयले मिश्रलाई मान्यता, पाण्डेलाई झड्का

काठमाडौं, १८ कात्तिक । निर्वाचन आयोगले विवेकशील साझाको संशोधिन विधानलाई मान्यता दिएको छ । आयोगले मिश्रलाई कार्यकारी अधिकारको अध्यक्षको जिम्मेवारी दिने गरी विधान संशोधनको निर्णय अद्यावधिक गर्दा मान्यता दिएको हो । दुई तिहाई केन्द्रीय सदस्यहरुले निर्णय गरेर विधान संशोधन गरेका थिए । यो निर्णय अद्यावधिक गर्न आयोगलाई पत्राचार गरिएको थियो । विवेकशील साझाका संयोजक मिलन […]

निर्वाचन आयोगले दियो मिश्र पक्षको विधान संशोधनलाई मान्यता

काठमाडौँ । निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको छ । मिश्र नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन गरेको थियो । संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता र खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।

नेकपाको दुवै समूहलाई निर्वाचन आयोगले दिएन कानुनी मान्यता

काठमाडौं । विभाजित नेकपाका दुवै समूहलाई निर्वाचन आयोगले कानुनी मान्यता दिएको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले गरेको विभाजन घोषणालाई निर्वाचन अयोगले अस्वीकार गरेको हो । प्रचण्ड–नेपाल र केपी शर्मा ‌ओली समूहले निर्वाचन आयोगमा पार्टी अलग भइसकेको भन्दै दाबी पेश गरेका थिए। दुवै समूहरुले व्यवहारिक रुपमा पार्टी अलग भइसकेको र कानुनी मान्यतामात्रै पाउन बाँकी रहेको बताइरहँदा आयोगले दुवैको दाबी खारेज गर्दै नेकपाको पुरानै व्यवस्थालाई मान्यता दिएको हो। प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहले पार्टी विभाजन भएको भन्दै आधिकारिक पार्टीका लागि दिएको निवेदनलाई आयोगले मान्यता नदिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘आफूले गरेको निर्णय आधिकारिक हो भनि उहाँहरुले गरेको दाबीलाई संशोधन गर्न सकिएन र साबिककै विवरण कायम रहेको निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । आयोगले गरेको निर्णयको लिखित जानकारी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पठाउने तयारी भएको छ । आयोगको यो निर्णयसँगै औपचारिक रुपमा नेकपा अझै एकै मानिनेछ । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजित भएको हो ।

निर्वाचन आयोगले नेकपा विभाजनलाई दिएन मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुबै समूहको मागदावीलाई अस्वीकार गरेको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको मागदाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको  हो ।नेकपाको प्रचण्ड माधव नेपाल र केपी ओली पक्षले गरेका निर्णयलाई मान्यता नदिने निर्णय आयोगको छ ।दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएको आयोगले ठहर पनि गरेको छ  ।प्रचण्ड माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ ।