अछाम २ मा कांग्रेसका शाह ६ हजार मतले अघि

काठमाडाैं  । प्रतिनिधिसभाअन्तर्गत अछाम २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले अग्रता फराकिलो पारेका छन् । बुधबार बिहान ११ बजेसम्म ३३४१८ मत गणना हुँदा शाहले एमाले उम्मेदवार यज्ञबहादुर बोगटीलाई ६ हजारभन्दा बढी मतले पछि पारेका छन् । शाहले १८९८४ र बोगटीले १२७६० मत पाएका छन् । अछाम १ बाट भने एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी […]

सम्बन्धित सामग्री

स्याङ्जा २ : पद्मा भन्दा ६ हजार मतले अघि धनराज

स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ। कांग्रेसका उम्मेदवार धनराज गुरुङ एमालेकी पद्मा अर्याल भन्दा ६ हजार ५४ मतान्तरले अघि छन्। गुरुङले २९ हजार...

स्याङ्जा २ मा ६ हजार बढी मतान्तरले अग्रता लिँदै कांग्रेसका धनराज

स्याङ्जा  २ मा कांग्रेसका धनराज गुरूङले अग्रता बढाउँदै लगेका छन् ।  पछिल्लो मत परिणाम अनुसार  गुरुङले एमालेकी  पदमा अर्याललाई  ६ हजार १९१ मतले अग्रता लिएका हुन् । कांग्रेसका गुरुङले  २८ हजार ३७ मत ल्याउँदा एमालेकी अर्यालले २१ हजार ८४६ मत ल्याएकी हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६३ मत ल्याएका छन् ।

सुर्खेत २ (क) मा यामलाल कँडेललाई कांग्रेसका काली शाक्यले उछिने

सुरुवाती चरणमा झिनो मतान्तरले अग्रता लिएका नेकपा एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेल पछिल्लो नतिजाअनुसार पछि परेका छन् ।१३ हजार २२७ मतगणना हुँदा कांग्रेसका कालीप्रसाद शाक्यले २२५ मतान्तरले पछि पारेका हुन् ।  शाक्यले ६ हजार ३७७ मत पाउँदा कँडेलले ६ हजार १५२ मत प्राप्त गरेका छन् । यस्तै यहाँ २१९ मत बदर रहेको छ ।

ललितपुर प्रदेशसभा २ (२) मा कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित

ललितपुर : ललितपुर प्रदेशसभा क्षेत्र नं २ (२) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन्। उनी ६ हजार ९९५ मतसहित निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेका छन्।

ललितपुर-२ प्रदेशसभा-२ मा कांग्रेसका चित्रकार विजयी

६ मंसिर, ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा-२ मा नेपाली कांग्रेस विजयी भएको छ । मंगलबार समपन्न मतगणनामा कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार विजयी भएको निर्वाचन आयोगले जनाएको छ । चित्रकारले ६ हजार ९९५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानेन्द्र शाक्‍यले ६ हजार ८३२ मत मात्र ल्‍याए । यस्तै हाम्रो […]

कांग्रेस महामन्त्री शर्मा साढे ६ हजार मतान्तरले अगाडि

झापा क्षेत्र नं– १ मा ३४ हजार चार सय २९ मत गणना जारी छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ६ हजार पाँच सय ७३ मतले पछि पारेका छन् ।नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।

रसुवामा मोहन आचार्यलाई  साढे ६ हजार मतकाे अग्रता

रसुवामा मोहन आचार्यले साढे ६ हजार भन्दा बढी मतले अग्रता कायम राखेका छन्।  गठबन्धनबाट उम्मेदवार कांग्रेसका आचार्य नेकपा एमालेका छोवाङ तेन्जिन तामाङ भन्दा ६ हजार ६ सय ८२ मतले अग्रता कायम...

बुटवलको मेयरमा कांग्रेसका खेलराजलाई ६ हजार बढी मतको अग्रता

६ जेठ, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ६ हजारभन्दा बढी मतान्तरले अग्रताल लिएका छन् । उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले १७ हजार ३९ मत पाएका छन् । हालसमम् पाण्डेय ६३९४ […]

देवानगञ्जको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार बेचन प्रसाद मेहता विजयी भएका छन्। मेहताले ६ हजार ८७४ मत प्राप्त गरेका छन्। पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार श्यामलाल मेहताले ६ हजार ३५८ मत पाए। उपाध्यक्षतर्फ कांग्रेसकी उम्मेदवार कुमारी विभा यादव विजयी भएकी छन्। यादवले ६ हजार ११२ मत…

ललितपुर महानगरपालिकामा चिरिबाबुको ६ हजार ६ सयको अग्रता

काठमाडौँ – ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ६ हजार ६ सय ४२ मतको अग्रता लिएका छन्। हाल सम्म गणना भएको २२ हजार २ सय ५३ मत मध्ये चिरिबाबु महर्जनको १२ हजार २ सय ७६ मत रहेको छ भने एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ५ हजार ६ सय ३४ मत रहेको छ।