निःशुल्क औषधि उपचार

गाईघाटस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सात सयभन्दा बढी बिरामीलाई निःशुल्क औषधिसहितको उपचार सेवा दिइएको छ। बिएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल झापाको प्राविधिक सहयोग तथा त्रियुगा नगरपालिका, जिल्ला अस्पताल र दाजुभाइ समूह दोहा कतारको सहकार्यमा त्रियुगा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको शिविरमा ७५० जना बिरामीलाई त्यस्तो सेवा दिइएको हो। शिविरमा क्यान्सर रोग, महिला तथा स्त्री रोग, भिडियो एक्स–रे, ल्याब, ईसीजी, नाक, कान, घाँटी, मुटु, फिजिसियन, न्युरो, हाडजोर्नी, छाला, दाँतसम्बन्धी समस्याको एकीकृत रूपमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताउनुभयो।

सम्बन्धित सामग्री

बाढीपीडितको माग राहत होइन‚ पक्की तटबन्ध

बाढीपीडितले सामान्यता माग्ने कुरा के हो ? खाद्यान्न, लत्ताकपडा, निःशुल्क औषधि उपचार र पुनर्बास । बर्दियाका बाढी पीडितले भने कर्णाली, बबई नदीलगायत ठूला खोला नियन्त्रणका लागि पक्की तटबन्धको माग अघि सारेका छन् ।

कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने

काठमाडौं, ०२साउन। बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो। नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने,छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने,दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो।

जटिल रोग लागेका विपन्नको निःशुल्क उपचारमा थप झमेला

२८ मंसिर, काठमाडौं । जटिल प्रकृतिका आठ रोगका विपन्न बिरामीलाई निःशुल्क औषधि उपचार गर्न सहयोग गर्ने सरकारी कार्यक्रम ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ स्वास्थ्य बीमा कार्यक्रममा गाभेसँगै यसको प्रभावकारितामा प्रश्न उठेको छ । यो कार्यक्रम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा अन्तर्गत रहँदा बिरामीले निश्चित अस्पतालमा निःशुल्क उपचार पाउने र अस्पतालले बिरामीको रिपोर्ट पेस गरेपछि सरकारले […]

स्वास्थ्य बिमामा गाभेर झन्झटिलो बनाइँदै विपन्न नागरिकको निःशुल्क औषधि उपचार

गम्भीर आठ रोगका विपन्न बिरामीलाई तोकिएका अस्पतालबाट सीधै निःशुल्क औषधि उपचार दिने ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ स्वास्थ्य बिमा कार्यक्रममा गाभेर झन्झटिलो बनाइएको छ । सामाजिक सुरक्षा महाशाखाअन्तर्गत रहँदा लक्षित बिरामीले...

मुस्ताङ टिप्पर दुर्घटनाः मृतकका परिवार र निर्माण कम्पनीबीच क्षतिपूर्तिमा सहमति

पोखरा । शुक्रबार मुस्ताङमा भएको टिप्पर दुर्घटनाबाट ज्यान गुमाएकाहरुको परिवारले जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेले निःशुल्क औषधि–उपचार पाउने भएका छन्।    दुर्घटनामा ज्यान गुमाएका र घाइतेका आफन्त तथा निर्माण कम्पनी ‘विरुवा ...