संसद्मा ठट्यौली र व्यङ्ग्यात्मक शैलीमा आफ्नै मौलिक लबजमा कर्णालीका समस्या र विभिन्न बेथितिमाथि बोल्ने सांसद गजेन्द्र बहादुर महत केही दिन अघि माओवादी पार्टी कार्यालयमा पेरिसडाँडामा भेटिए । विभिन्न दलमा आबद्ध नेता कार्यकर्ताको चुनावको मुखमा उम्मेदवारको टिकट हात पार्न नेताका घर र पार्टी कार्यालयमा ‘गणेश परिक्रमा’ चलिरहेका बेला सांसद महत पार्टी कार्यालयमा पुग्नु त्यही कारण थियो कि भन्ने हाम्रो अनुमान थियो । तर उनले सुरुमै खुलासा गरिदिए–‘यो एक कार्यकाल नै मे