कुम्भकर्ण हिमाल आरोहण गरिँदै

ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ । विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो । कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको दुई वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (७७१० मिटर उचाइ) हिमाल आरोहण गर्न दुई अमेरिकी नागरिकसहित टोलीले तयारी गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

तीन अमेरिकीद्वारा कुम्भकर्ण हिमाल आरोहण

तीन जना अमेरिकी नागरिकले यहाँस्थित जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् । सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका पाँचमध्ये तीन जनाले सफल आरोहण गरेका हुन् । ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट आरोहणका लागि गएका अमेरिकी आरोही एलन प्याट्रिक रुसो, माइकल ओरियन गार्डनर र ज्याक्सन मिलर मार्भलले सफल आरोहण …

हिमाल आरोहण गर्न ३३९ पर्वतारोहीलाई अनुमति

काठमाडौं । सरकारले यस वर्षको शरद् याम (अटम सिजन)का लागि हिमाल आरोहण खुला गरेसँगै हालसम्म ३३९ जना पर्वतारोहीले अनुमति पाएका छन् । यो सिजनमा १० ओटा हिमाल तथा चुचुरो आरोहणका लागि पर्यटन विभागले हालसम्म उक्त संख्याका पर्वतारोहीलाई अनुमति दिएको हो । विभागका अनुसार ३५ दलबाट मनास्लु, रक्षा युराई, पुथा हिउचुली, कुम्भकर्ण हिमाल, हिमलुङ, नेम्जुङ, मकालु, थापा पिक, अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणका लागि पर्वतारोहीले अनुमति लिएका छन् । कुल पर्वतारोहीमध्ये महिलाको संख्या ७३ रहेको छ । विभागले उक्त संख्याका पर्वतारोहीलाई आरोहण अनुमति दिँदा ३ करोड ६४ लाख ९९ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ । वसन्त याममा सगरमाथा हिमाल आरोहणमा चाप हुने गरेको छ भने यो सिजनमा मनास्लु हिमाल आरोहणका लागि आकर्षण देखिन्छ । विभागका अनुसार यो हिमाल आरोहण गर्न हालसम्म ३०१ जना पर्वतारोहीले अनुमति लिएका छन् । यो हिमाल आरोहणका लागि विभागले अनुमति दिँदा ३ करोड ४० लाख ३७ हजार रुपैयाँ रोयल्टी संकलन उठेको छ । यसपछि पर्वतारोहीको आकर्षण धौलागिरि हिमाल आरोहणमा देखिएको छ ।  पर्यटन विभागका अनुसार ३५ दलबाट मनास्लु, रक्षा युराई, पुथा हिउचुली, कुम्भकर्ण हिमाल, हिमलुङ, नेम्जुङ, मकालु, थापा पिक, अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणका लागि पर्वतारोहीले अनुमति लिएका छन् । उक्त हिमाल आरोहण गर्न १० जना पर्वतारोहीले अनुमति लिएका छन् । नेपालमा यो सिजनमा पर्वतारोहण गर्न विश्वका ४७ ओटा देशका पर्वतारोहीले अनुमति पाएका छन् । ती देशमध्ये सबैभन्दा धेरै चिनियाँ रहेका छन् । हिमाल तथा पीक आरोहण गर्न ६७ जना चिनियाँ पर्वतारोहीले अनुमति पाएका छन् । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको संख्या बढेसँगै पर्वतारोहणका लागि आउनेको संख्यामा पनि सुधार देखिएको विभागले बताएको छ । चिनियाँपछि दोस्रोमा संयुक्त राज्य अमेरिकाका पर्वतारोही रहेका छन् । त्यहाँका ३३ जना पर्वतारोहीले हिमाल आरोहणको अनुमति पाएका छन् । तेस्रोमा भने रसियाका पर्वतारोही छन् । यो सिजनका लागि २७ रसियनले अनुमति लिएका छन् । यस्तै भारतीय २४ जना रहेका छन् । अन्य देशबाट भने एकदेखि १४ जनासम्मले आरोहणको अनुमति लिएका छन् ।

कुम्भकर्ण हिमालको आधार शिविरमा पुग्यो आरोहण टोली

ताप्लेजुङ- कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण गर्नका लागि आधारशिविरमा आरोहण टोली पुगेको छ । विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो । कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको तीन वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको […]

कुम्भकर्ण हिमालको आधार शिविरमा पुग्यो आरोहण टोली

ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण गर्नका लागि आधारशिविरमा आरोहण टोली पुगेको छ । विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो ।कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको तीन वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (सात हजार सात सय १० मिटर उचाइ) हिमाल आरोहण गर्न चार अमेरिकी नागरिकसहित टोलीले तयारी गरिरहेको कञ्चनजङ्घा

कुम्भकर्ण हिमाल आरोहण गरिँदै

ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ। विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो।

कुम्भकर्ण हिमाल आरोहण गरिँदै

ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ। विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो।

कुम्भकर्ण हिमाल आरोहण गरिँदै

ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ। विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो।

कुम्भकर्ण हिमाल आरोहण गरिँदै

ताप्लेजुङ । ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ । विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो ।

कुम्भकर्ण हिमाल आरोहण गर्दै दुई अमेरिकीसहित पाँच विदेशी नागरिक

दुई अमेरिकीसहित पाँचजना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

कतारकी राजकुमारी थानीद्वारा बीना अक्सिजन मनास्लु हिमालको सफल आरोहण

असोज १३, म्याग्दी  । कतारी राजकुमारी शेखा आस्मा अल थानीले बीना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहरण गरेकी छन् । हिमाल आरोहणमा कीर्तिमान कायम गरेका म्याग्दीका आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमा जनाए अनुसार राजकुमारी थानीले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल बीना अक्सिजन सोमवार आरोहण गरेकी हुन् । उनी इलाइट हिमालय एड्भेञ्चरमार्फत मनास्लु आरोहणका लागि आएकी थिइन् । कीर्तिमानी आरोही निर्मल पुर्जा, मिङ्मा डेविड शेर्पा, र मिङ्मा तेञ्जिङ शेर्पा थानीको गाइडका रुपमा खटिएका थिए । उनीहरुकै सहयोगमा थानीले मनास्लु आरोहण गरेको इलाइट हिमालय एड्भेञ्चरले जानकारी दिएको छ । टिममा ३२ जना आरोही रहेको जानकारी दिइएको छ । इलाइट हिमालय एड्भेञ्चरका कुशल बूढाथोकीका अनुसार राजकुमारी थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने उद्देश्य सहित सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन् । तर, सगरमाथा आरोहणका लागि मौसम अनुकुल नभएपछि अहिले मनास्लु आरोहण गरेकी हुन् ।  राजकुमारी थानीले दक्षिण अमेरिकाको ६ हजार ९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५ हजार ८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी जानकारी दिइएको छ । नेपाल पर्यटन विभागका अनुसार मनास्लु हिमालसँगै यो महीना ६ ओटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ । तीमध्ये मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जनाले अनुमति लिएका छन् ।  उनीहरुबाट १ करोड ८० लाख ९९ हजार रुपैयाँ सलामी दस्तुर पर्यटन विभागले लिएको छ । त्यस्तै धौलागिरी हिमाल आरोहणका लागि चार टिमका ४० जना र मरियाङ हिमाल आरोहणका लागि एक टिमबाट आठ जनाले अनुमति लिएका छन् । त्यसैगरी पुथा हिमचुली आरोहणका लागि एक टिमका तीनजना, कञ्चनजंघा हिमाल आरोहणका लागि एक टिमका तीन जना र कुम्भकर्ण हिमाल आरोहणका लागि एक टिमका पाँचजना र गरी जम्मा २३० जना आरोहीले अनुमति लिएको पर्यटन विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।  हिमाल आरोहण शुल्कबाट दुई करोड ३० लाख ७८ हजार ३५६ रुपैयाँ राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।