गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सहयोग

गुहेश्वरी मर्चेन्ट फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको महेन्द्र भृकुटी माध्यमिक विद्यालयलाई विभिन्न सहयोग गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गर्दै आएको विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिने क्रममा सो सामुदायिक विद्यायलाई विभिन्न फर्निचर तथा अन्य आवश्यक सामग्री सहयोग गरेको हो । फाइनान्सले विद्यालयमा भएको एक कार्यक्रममा ललितपुर महानगरपालिका–१३ का वडा अध्यक्ष एवं सो विद्यालयका […]

सम्बन्धित सामग्री

गुहेश्वरी मर्चेन्टको न्युरोड शाखा धर्मपथमा स्थानान्तरण

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको न्युरोड शाखा धर्मपथ काठमाडौंमा स्थानान्तरण भएको छ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको सीईओमा तोयराज अधिकारी

ठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तोयराज अधिकारी नियुक्त भएका छन् । कम्पनीको आइतबार साँझ बसेको बसेको सञ्चालक समितिको बैठकले ४ वर्षे कार्यकालका लागि अधिकारीलाई सीईओमा नियुक्त गरेको हो । सीईओ राजेश कुमार श्रेष्ठले सोमवार राजीनामा दिएपछि सञ्चालक समिति बैठकले उक्त पदमा अधिकारीलाई नियुक्त गरेको हो । बैठकले श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश पारित

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रस्तावित लाभांश पारित गरिएको छ । संस्थाको २१औं वार्षिक साधारणसभाबाट ६ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश पारित गरिएको हो । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १ करोड २१ लाख ७६ हजार पुग्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ९५ करोड ४ लाख रहेको छ । साधारणसभाबाट सञ्चालक समितिका अध्यक्ष श्रीमान श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पनि पारित गरिएको छ । साथै सञ्चालक समितिको निर्वाचन अनुसार संस्थाको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने डा. रेश्मा श्रेष्ठ, युवराज भण्डारी र दिपेश गोर्खाली सञ्चालक पदमा निर्विरोध चयन भएका छन् । त्यस्तै सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सुजन प्रधान र सजीना अमात्य श्रेष्ठ सञ्चालक पदमा निर्विरोध निर्वाचित भएको कम्पनीले बताएको छ । सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा युवराज भण्डारीलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २१ औ वर्षमा प्रवेश

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २१ औं वर्षमा प्रवेश गरेको छ । विगत २० वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको फाइनान्सले २०७८ चैत मसान्तसम्म ७ अर्ब २ करोड निक्षेप तथा ६ अर्ब ११ करोड कर्जा प्रवाह गरी ४ करोड ६ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।फाइनान्सको निस्कृय कर्जा १.१५ प्रतिशत रहेको […]

नेप्सेमा २ कम्पनीको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत र गुहेश्वरीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ४४१ रुपैयाँ ९७ पैसा र गुहेश्वरी मर्चेन्टको ४५४ रुपैयाँ...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश घोषणा

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७७/०७८ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ४० लाख रहेको छ ।  कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात्  लगानीकर्तामा वितरण हुने छ ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ एन्ड फाइनान्सको सहयोग

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १६ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुंगमती, कार्यविनायक, ललितपुरमा अवस्थित अपांग सेवा संघमा आश्रित दृष्टिविहीन, बहिरा, सुस्त मनस्थिति र शारीरिक अशक्तता जस्ता अपांगता भएका व्यक्तिहरूलाई आवश्यक खाद्यान्न १ वर्षको लागि प्रत्यक्ष रूपमा खाद्यान्न अनुदान प्रदान गर्ने गरी सम्झौता गरेको जनाइएको छ ।