काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रस्तावित लाभांश पारित गरिएको छ । संस्थाको २१औं वार्षिक साधारणसभाबाट ६ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश पारित गरिएको हो । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १ करोड २१ लाख ७६ हजार पुग्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ९५ करोड ४ लाख रहेको छ ।
साधारणसभाबाट सञ्चालक समितिका अध्यक्ष श्रीमान श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पनि पारित गरिएको छ । साथै सञ्चालक समितिको निर्वाचन अनुसार संस्थाको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने डा. रेश्मा श्रेष्ठ, युवराज भण्डारी र दिपेश गोर्खाली सञ्चालक पदमा निर्विरोध चयन भएका छन् । त्यस्तै सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सुजन प्रधान र सजीना अमात्य श्रेष्ठ सञ्चालक पदमा निर्विरोध निर्वाचित भएको कम्पनीले बताएको छ । सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा युवराज भण्डारीलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।