पर्यटकको भिसा शुल्क मिनाहापछि नेपाल आउने चिनियाँ पर्यटकको संख्या ३० प्रतिशत बढ्ने प्रक्षेपण गरिएको छ । ‘हाल लाग्दै आएको भिसा शुल्क मिनाहा भएमा चिनियाँ पर्यटकको संख्या करीब ३० प्रतिशत बढ्ने हाम्रो अनुमान छ । यसले चिनियाँ पर्यटकमा एकपटक भए पनि नेपाल घुम्ने विचारको विकास हुन्छ’, नेपाल एशोसिएशन अफ ट्राभल एजेन्ट्स (नाटा) का पूर्वअध्यक्ष ध्रुवनारायण श्रेष्ठले भने ।
पछिल्लो समयमा नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्दै गएको छ । सन् २०१० को जनवरीदेखि अक्टोबर महीनासम्ममा २० हजार ९ सय चिनियाँले नेपाल भ्रमण गरिसकेका छन् । सन् २००९ को सोही अवधिमा १४ हजार ४ सय ५३ चिनियाँ पर्यटक नेपाल आएका थिए । अक्टोबर महीनामा चीनबाट २ हजार ६ सय २० पर्यटक नेपाल आएका थिए ।
वर्ष ६, अंक ५६, सोमवार, २९ कात्तिक, २०६७