मुस्ताङको केरला नाका तत्काल खुलाउनसके नेपालमा चिनियाँ पर्यटक बढ्ने थिए: धनञ्जय रेग्मी

काठमाडौँ- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल-चीन जोड्ने मुस्ताङको केरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरुको वृद्धि हुने बताएका छन्। बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुस्ताङको केरला नाका खुलिसकेपछि सडक मार्ग हुँदै चिनियाँ पर्यटकहरू पोखरा आउने सम्भावना उच्च रहेको […]