पाँच देशका पर्यटकको सातवर्षे तुलना

यो लेखमा वर्षैपिच्छे धेरै संख्यामा नेपाल आउने पाँच देशका विदेशी पर्यटकका सातवर्षे तथ्यांक केलाएर छोटकरीमा उल्लेख गरिएको छ । नेपाल भ्रमण गर्न आउने पाँच देशका धेरै पर्यटकका सातवर्षे तथ्यांक हेर्दा अघिल्ला केही वर्षअघि (कोरोना महामारी) सम्म जहिले पनि पहिलो संख्यामा भारतीय पर्यटक र दोस्रो संख्यामा चिनियाँ पर्यटक रहने गरेका थिए । तेस्रो स्थानमा चाहिँ कहिले बेलायतका पर्यटक रहने गरेका थिए भने, कहिले अमेरिकाका पर्यटक रहने गरेका थिए । त्यस्तै कहिलेकाहीँ दक्षिण एशियाली मुलुक श्रीलंकाका पर्यटक पनि तेस्रो स्थानमा रहने गरेका देखिन्थे । यसरी संख्याको आधारमा नेपाल भ्रमण गर्ने पाँच देशका सातवर्षे तथ्यांकका बारेमा भन्नु पर्दा हालसम्म नेपाल आउने पाँच उत्कृष्ट देश (संख्याको आधारमा) को सातवर्षे तथ्यांक हेर्दा क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलंंका, थाइल्यान्ड, दक्षिण कोरियालगायत देशका पर्यटक ‘सर्वाधिक पाँच’भित्र पर्ने गरेका थिए । म्यानमार, अस्ट्रेलिया, बंगलादेश, जर्मनी, जापान, फ्रान्स आदि देशका पर्यटक नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकमा दरिने गरेका थिए । तर, कोरोना महामारीका कारण पछिल्ला २ वर्ष सन् २०२० र सन् २०२१ मा नेपालमा खासै पर्यटक संख्या बढेन । हुन पनि सन् २०२० मा २ लाख ३० हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ म बितेको १० महीनामा १ लाख १ सय चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । बाँकी २ महीनामा १२–१५ हजारदेखि १९–२० (बढीमा २४–२५ हजार) हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आउलान् कि ? विगतमा नेपाल भ्रमणमा आउने उच्च सात देशभित्रका विदेशी पर्यटकका संख्या लामो समयसम्म पहिलो र दोस्रो स्थानमा भारत र चीन रहेका थिए भने कोरोना महामारीले पार पाएपछि पनि भारत र चीन नै पहिलो र दोस्रो स्थानमा रहने देखिन्छ । १० महीनाको तथ्यांकअनुसार भने दोस्रोमा अमेरिका परेको छ । चिनियाँ पर्यटकको कुरो गर्दा उक्त देशका सर्वसाधारण नागरिकले नेपालमा आधिकारिक रूपमा पर्यटकको रूपमा भ्रमण गर्न चीन सरकारबाट सन् २००३ देखि मात्रै अनुमति पाएका हुन् । किनभने चीन सरकारले आफ्नो देशका नागरिकलाई जुनसुकै देशमा पनि पर्यटक भएर जानका लागि ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ लिनुपर्छ । यसरी चीन सरकारले एशिया महादेशका अन्य देश र यूरोप, अमेरिकालगायत देशमा पनि आफ्ना देशका नागरिकलाई पर्यटक भएर घुम्न जानका लागि सन् १९८० को दशकमा मात्रै ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ दिन शुरू गरेको थियो । सन् २००३ मा चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रूपमा नेपाल भ्रमण गर्ने अनुमति दिएपछि उक्त वर्ष ७ हजार ६ सय ६२ जना चिनियाँ पर्यटक नेपाल घुम्न आएका थिए । त्यसपछि नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकका संख्या लगातार बढेको–बढ्यै थियो । छिट्टै नै चिनियाँ पर्यटक संख्यात्मक रूपमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका संख्यामा दोस्रो नम्बरमा रहन सफल भएका थिए । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक बढ्ने क्रममा सन् २०१३ मा १ लाख १३ हजार १ सय ७३ जना पुगेका थिए भने, सन् २०१४ मा १ लाख २३ हजार ८ सय पाँच जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सम्भवतः आगामी केही वर्षपछि नेपाल आउने विदेशी पर्यटकका धेरै संख्या उत्तरी छिमेकी देश चीनबाट हुने छ । यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक संख्याको आधारमा हेर्दा सन् २०१३ देखि सन् २०१९ सम्मको तथ्यांक हेर्दा भारतीय पर्यटक सधैं पहिलो स्थानमा रहने गरेको र चिनियाँ पर्यटक सधैं दोस्रो स्थानमा रहने गरेको देखिन्छ । त्यस्तै तेस्रो स्थानमा भने कहिले बेलायतका पर्यटक रहने गरेका छन्, कहिले अमेरिकाका पर्यटक रहने गरेका छन्, कहिले श्रीलंकाका पर्यटक रहने गरेका छन् । यसरी संख्याको आधारमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सन्दर्भमा भन्नु पर्दा हालसम्म नेपाल आउने पाँच उत्कृष्ट देश (संख्याको आधारमा) क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, थाइल्यान्ड, दक्षिण कोरियाका पर्यटक ‘टप फाइभ’ पर्ने गरेका छन् भने, म्यानमार, अस्टे«लिया, बंगलादेश, जर्मनी, जापान, फ्रान्स आदि देशका पर्यटक नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकमा दरिने/पर्ने गरेका छन् । माथि उल्लेख गरिएका पर्यटकमध्ये चिनियाँ, श्रीलंकन (सिलोन), थाई (स्याम), म्यानमा (बर्मा), बंगलादेश आदि देशका पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तो चिनियाँ पर्यटक नेपालमा ४/५ दिनदेखि ९/१० दिनसम्म बिताउने बढी देखिन्छ । तापनि चिनियाँ पर्यटक ट्रेकिङ, र्‍याफ्टिङ, जंगल सफारी, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जिप फ्लाइएर, साइक्लिङ, क्यानोइङ, बालुनिङ, कायाकिङ आदि पनि गर्ने भएकाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भने भारतीय पर्यटकभन्दा धेरै फाइदा हुने गरेको छ । त्यसैले हामीले भारतीय, चिनियाँ, श्रीलंकन, थाई, म्यानमा, बंगलादेशी डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तीमा ८/१० दिनदेखि १४र्/१५ दिनसम्म नेपालमा बिताउने खालका पर्यटक धेरैभन्दा धेरै भिœयाउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । अरू देशका पर्यटकका बारेमा यसै भन्न नसकिए तापनि चिनियाँ पर्यटक ‘मक्खिचुस’ भने होइनन् । किनभने, केही वर्ष अघिदेखि संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था यूएन–डब्ल्यूटीओलगायत विश्व पर्यटनसँग सम्बद्ध संघसंस्थाले विभिन्न अध्ययन–अनुसन्धान गरेर निकालेको तथ्य–तथ्यांकमा चिनियाँ पर्यटक लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिएका छन् । साथै चिनियाँ पर्यटक संख्याको आधारमा पनि धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पहिलो स्थान ओगट्ने पर्यटकका रूपमा दरिएका÷दरिने गरेका छन् । शायद पृथ्वीको अस्तित्व रहेसम्म, चिनियाँ पर्यटकलाई विश्व भ्रमण गर्ने पर्यटकका धेरै संख्या र धेरै खर्च गर्नेमा अन्य कुनै देशका पर्यटकले उछिन्न वा चुनौती दिन सक्ने छैनन्, त्यसका लागि कोभिड–१९ बाट विश्वको अर्थतन्त्र तंग्रिनैपर्ने हुन्छ । लेखक पर्यटन व्यवसायी हुन् ।

सम्बन्धित सामग्री

आज देशका यी स्थानमा पर्छ पानी

काठमाडौं- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया […]

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमााणपत्र प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।...

देशका सबै क्षेत्रबाट बाहिरियो मनसुन

काठमाडौँ – देशका सबै भागबाट यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि देशका सबै भागबाट सरदरभन्दा १४ दिन ढिला गरी देशका सबै भागबाट बाहिरिएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन आइतबारदेखि देशको समग्र भूभागबाट बाहिरिएको छ।’ सुदूरपश्चिम […]

पाँच देशका ३५० बढी फिजिसियनहरू पोखरामा

पोखरामा पाँच देशका जनरल फिजिसियनहरु भेला भएका छन्। सोसाईटी अफ ईन्टरनल मेडिसिन अफ नेपाल (साईमन)को पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागि हुन ५ देशका ३५० भन्दा बढी जनरल फिजिसियनहरु पोखरामा भेला भएका हुन्।...

देशका केही ठाउँमा वर्षा

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बाग्मती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।...

तीन देशका राजदुत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका राजदुत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन,नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली छ । आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना छ । मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । यस्तै, केही दिनयता मौसम बद्...

द्वन्द्वग्रस्त मुलुकबाहेक अरू सबै देशका नागरिकलाई अनअराइभल भिसा

सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा दिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त देशका नागरिकलाई भने कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ ।

भारत र चीनबाहेक अन्य देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

नेपालसँग सीमा जोडिएका छिमेकी देशका नागरिकबाहेक अन्य देशका नागरिकलाई सरकारले स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाएको छ

देशका धेरै ठाउँमा गर्मी बढ्दै

काठमाण्डौ – तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौको अधिकतम तापक्रम केही दिन यता २०  डिग्री सेल्सियस भन्दा माथि छ । आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौको न्युनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ । पश्चिमी वायुको केही प्रभाव रहेकाले ...