भक्तपुर - १८ वर्ष उमेर पुगेका किशोर किशोरीलाई रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यले भक्तपुरमा हिजाेदेखि अभियान सुरु गरिएको छ । भक्तपुरमा हिजाेदेखि ‘प्रत्येक स्वस्थ युवायुवतीले आफ्नो १८औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौँ’ भन्ने अभियान सुरु भएकाे हाे ।
विश्व रक्तदाता दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा तथा नेपाल स्वयंसेवी रक्तदाता समाजले संयुक्तरूपमा साइकल र्याली, रक्तदान तथा विविध कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । हिजाे विशेष रक्तदान कार्यक्रममा १८ व...