नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले प्रतिनिधिसभाले पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयमा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले नागरिकताजस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेण्डा नबनाउन पनि एमालेलाई चेतावनी दिए । केपी ओली नेतृत्वको सरकारले ०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा ०७७ मा ल्याएको अध्यादेश र शुक्रबार प्रतिनिधिसभाले पारित गरेको नागरिकता ऐनका सबै प्रावधान एकै रहेको पुनले उल्लेख गरे । आफू सरका