धनगढी-१६ मा माओवादीका चौधरी विजयी

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामलाल चौधरी विजयी भएको छन् ।माओवादी केन्द्रका युवा नेता चौधरी धनगढी १६ बाट अध्यक्ष पदमा निर्वाचित भएको नेता डिल्ली राज भट्टले जानकारी दिए । आठ सय ४० मत ल्याएर चौधरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमबहादुर चन्दले सात सय ८७ मत पाए ।

सम्बन्धित सामग्री

कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी

धनगढी – कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी विजयी भएका छन्। उनले २१ हजार ८७१ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन्। यसैगरी गठबन्धनतर्फ माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरेका छन्।

बर्दिया २ (ख) मा नागरिक उन्मुक्तिका धर्म बहादुर चौधरी विजयी

बर्दिया - बर्दिया क्षेत्र नम्बर २ को 'ख' बाट प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट माओवादीका मान बहादुर थारुलाई ९ हजार १ सय ४३ मत अन्तरले हराउँदै चौधरी विजयी हुनुभएको निर्वाचन कार्यालय राजापुरका प्रमुख नगेन्द्र लम्सालले जानकारी दिनुभयो । चौधरीले २० हजार १२७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका मान बहादुर थारुले १० हजार ९८४ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेका कृष्णी थारुले ७ हजार १७ मत प्राप्त गर्नु भएको छ भने ...

बर्दिया १ (ख) मा नागरिक उन्मुक्तिका राजकुमार चौधरी विजयी

बर्दिया -  बर्दिया क्षेत्र नम्बर १ को 'ख' बाट प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राज कुमार चौधरी विजयी हुनुभएको छ । नेकपा एमालेका भक्त बहादुर विकलाई १ हजार ४७ मत अन्तरले हराउँदै चौधरी विजयी हुनुभएको हो। राज कुमार चौधरीले १३ हजार २३० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भक्त बहादुर विकले १२ हजार १८३ मत प्राप्त गर्नुभएको छ । यस्तै, गठबन्धनबाट माओवादीका अञ्जु दहितले ११ हजार ४९० प्राप्त गर्नु भएको छ भने स्वतन्त्रका सुभाष पोखरेलले २ हजार ६२० मत ल्याउनुभएको छ ।

दाङ १ को  प्रदेश (१)मा माओवादीका इन्द्रजीत निर्वाचित

दाङको क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता इन्द्रजीत चौधरी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका गंगाराम भट्टराईलाई एक हजार ७७५ मतान्तरले...

बर्दिया २ मा १३६ मतान्तरले स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी

बर्दिया -  बर्दिया क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र (चापकल नल्का) बाट लालवीर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट माओवादीका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै स्वतन्त्रका चौधरी विजयी हुनुभएको हो ।  स्वतन्त्रबाट चुनाव चिन्ह (चापाकल नल्का) का लालवीर चौधरीले २६ हजार ५ सय २० मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका सुरेश पन्थले २६ हजार ३ सय ८४ मत प्राप्त गर्नुभएको छ । यसै गरी नेकपा एमालेका पंकजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका विनय रावलले...

रेशम चौधरीका बुवा लालवीर चौधरी विजयी, माओवादीका पन्थ १३६ मतले पराजित

काठमाडौं, ७ मंसिर । बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी भएका छन् । उनले नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई १३६ मतान्तरले पराजित गरेका हुन् । चौधरीले २६५२० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६३८४ मत प्राप्त गरे । सो क्षेत्रमा एमालेका पंकजसिंह राठौरले १६०९० मत प्राप्त गरे । […]

बर्दिया -२ मा स्वतन्त्रका चौधरी विजयी

मधुवन– बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका हुन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उनी विजयी भएका हुन्। चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त […]

कैलाली–३ नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टिका गंगाराम चौधरी विजयी भएका छन् । उनले २३ हजार १ सय २० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फ माओवादीका कृष्ण चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरे । यसैगरी एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत […]

कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी विजयी

कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजसमझ चौधरी विजयी भएका छन् । उनले निवर्तमान गाउँपालिका अध्यक्ष माओवादीका लाजुराम चौधरीलाई ४ हजार बढीको मतान्तरले पराजित गरेका हुन् ।राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ८४ मत ल्याएर निवर्तमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी हुन् । सत्गौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरि

कञ्चनपुरको बेलौरीमा माओवादी विजयी

धनगढी – कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन्। नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगरा चौधरी विजयी भएका छन्। निर्वाचन अधिकृतका अनुसार नगर प्रमुखमा माओवादीका पोतिलालले ८ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्। यस्तै एमालेकी कमला बोहराले ६ हजार ८ सय ३ मत पाएकी छन्। नगर उपप्रमुखमा […]