नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् ।
बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गरेका छन् । सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी हुनुभएको हो ।
मङ्गलबार भएको निर्वाचनमा कूल खसेका मतमध्ये ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेका कारण बुधवार सभापतिका लागि पुनः निर्वाचन भएको थियोे । सभापत...