गाजा क्षेत्रमा शासन गर्ने इजरायल र हमास बीचको हिंसाको पछिल्लो आक्रमण अक्टोबर ७ मा सुरू भयो।दुवै पक्षले आक्रमणलाई तिव्रता दिए। इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्तिहरू बन्द गरेर बदला लियो।झण्डै ११ लाख मानिसको बसोबास रहेको उत्तरी गाजाबाट हालसम्म ७ लाख बाहिरिइसकेको बताइएको छ। इजरायलले त्यस क्षेत्रमा इस्लामिक विद्रोही समूह हमासले बनाएका सुरुङ मार्गहरु नष्ट गर्ने उद्देश्ले शक्तिशाली आक्रमण गरिरहेको छ। जारी युद्धमा ४ हजार ३ सय ८५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। &