गाजा क्षेत्रमा शासन गर्ने इजरायल र हमास बीचको हिंसाको पछिल्लो आक्रमण अक्टोबर ७ मा सुरू भयो।दुवै पक्षले आक्रमणलाई तिव्रता दिए। इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्तिहरू बन्द गरेर बदला लियो।झण्डै ११ लाख मानिसको बसोबास रहेको उत्तरी गाजाबाट हालसम्म ७ लाख बाहिरिइसकेको बताइएको छ। इजरायलले त्यस क्षेत्रमा इस्लामिक विद्रोही समूह हमासले बनाएका सुरुङ मार्गहरु नष्ट गर्ने उद्देश्ले शक्तिशाली आक्रमण गरिरहेको छ। जारी युद्धमा ४ हजार ३ सय ८५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। &
प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुगेको छ । असोज २० गते प्यालेस्टाइनको विद्रोही समूहले इजरायलमा आक्रमण गरेयता पहिलोपटक गाजामा राहत सामग्री पुगेको बीबीसीले जनाएको छ ।
हमास–इजरायल युद्ध शुरु हुनासाथ इजिप्टले सीमा बन्द गरेपछि गाजा क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन । युद्ध शुरु हुनुअघि गाजामा दैनिक पाँच सय ट्रक राहत सामग्री पुग्ने गरेको थियो । ठूलो परिमाणमा राहत सामग्री चाहिने गाजामा २० ट्रक राहत सामग्री समुद्रमा एक थोपा जस्तै हुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्र...
इजरायली सेना ‘इजरायल डिफेन्स फोर्स(आइडिएफ)’ले मंगलबार बिहान गाजापट्टीसँगको सिमाना पूर्ण रूपमा आफूहरूको नियन्त्रण आएको बताएको छ । हमासले इजरायलभित्र घुसपैठ सुरु गरेको करिब ७२ घन्टापछि सिमानामा इजरायली सेनाले नियन्त्रण पाएको हो ।...
काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा लामो र कठिन हुनसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा इजरायलमा रहेका नेपालीहरूलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बेलायतका प्रधानमन्त्रीले जनाएअनुसार इजरायल युद्धमा रहेको र सो युद्ध लामो र कठिन रहने बताउनुभएको छ। त्यहाँको सुरक्षा वातावरण केही समयसम्म जटिल र संवेदनशील रहने देखिन्छ। […]