भारतीय ठेकेदारले सडक ठेक्का लिएर पनि अलपत्र परेका आयोजनाको सम्झौता तोड्नेसम्मको समझदारी भएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाबीच सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा यससम्बन्धी समझदारी भएको हो । भेटमा भारतीय कम्पनीले लिएका रुग्ण ठेक्काबारे छलफल भएको थियो । छलफलमा पटकपटक म्याद थप्दा पनि प्रगति नभएका सडक आयोजना कसरी अघि बढाउने भन्नेलगायत विषय उठेका थिए ।